एनसेल बिक्री अस्वाभाविक, १ खर्बभन्दा बढी रकम विदेशियो

एनसेल बिक्री अस्वाभाविक, १ खर्बभन्दा बढी रकम विदेशियो

ncell-report

काठमाडौँ : एनसेलले १ खर्ब भन्दा बढी रकम विदेशमा लगेको खुलासा भएको छ। एनसेलको शेयर खरिद बिक्रीबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले सरकारलाई बुझाएको प्रतिवेदनमा १ खर्बभन्दा बढी रकम विदेश लगेको खुलेको हो।

डेढ महिनाभन्दा बढी समय अनुसन्धान गरेर समितिले आज (सोमवार) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा प्रतिवेदन बुझाएको हो।

सरकारलाई जानकारी नदिएर मलेसियाली कम्पनी आजियाटाले एनसेलको शेयर बेलायती कम्पनी स्पेक्ट्रलाइटलाई बेचेको थियो।

समिति संयोजक टंकमणि शर्माले प्रतिवेदनबारे जानकारी दिएका छन्। शेयर खरिद–बिक्री सम्झौतापछि राजनीतिक दलदेखि संसद्सम्म छानबिनको माग उठेपछि सरकारले समिति गठन गरेको थियो।

शर्माले एनसेलको पटकपटक शेयर खरिद बिक्री हुँदा राज्यका कतिपय निकायले आफ्नो जिम्मेवारी पालना नगरेको देखिएकाले थप छानबिन गर्न सिफारिश गरिएको पनि बताए।

समितिले छानबिन र अनुसन्धान गर्दा पटकपटक शेयर खरिद बिक्रीका क्रममा स्रोत नखुलेको सम्पत्ति प्रयोग भएको आशंका रहेको भन्दै संलग्नहरुमाथि सम्पत्ति शुद्धीकरणको पाटोमा अनुसन्धान गर्न सिफारिश गरिएको उनले बताए।

एनसेलले सरकारलाई बुझाउनुपर्ने कर गैरकर गरी ८५ अर्ब रुपैयाँ बराबरको कर छली गरेको अध्ययनले देखाएको पनि उनले बताए।

उनले आजियाटा ग्रुप बर्हाड र स्पेक्ट्रालाइट युकेबीच १ डिसेम्बर २०२३ मा भएको एनसेल आजियाटाको शेयर खरिद बिक्री सम्झौता स्वतन्त्र ढङ्‍गले भएको स्वाभाविक सम्झौता मान्‍न सकिने नदेखिएको बताए।

शर्माले एनसेलको हालसम्म १४ पटक शेयर तथा स्वामित्व खरिद बिक्री भएकोमा ती खरिद बिक्रीमा धेरैजसो कारोबार नेपालबाहिर नै अफसोर रूपमा भएको देखिएको बताए।

उनले कतिपय नेपाली शेयरधनीहरूको कारोबारको भुक्तानी नेपालको बैंकिङ प्रणालीबाट नभई देशबाहिर समेत भएको देखिएको बताए।

एनसेल आजियाटाको अधिकांश शेयर खरिद बिक्री सम्बन्धमा प्रचलित कानूनबमोजिम सम्बन्धित निकायबाट पूर्वस्वीकृति लिएको नदेखिएको तथा हालसम्म आजियाटा ग्रुप बहार्ड मलेसिया र स्प्रेक्ट्रलाइट युकेबीच भएको भनिएको शेयर खरिद बिक्री सम्झौता स्वीकृतिको लागि कानूनबमोजिम प्रक्रियासम्मत रूपमा निवेदन पेश नभएको जानकारी उनले दिए।

यसरी निवेदन पेश नहुँदा खरिदकर्ता कम्पनीको प्राविधिक क्षमता, लगानीको श्रोत र कम्पनीका सञ्चालकको व्यावसायिक पृष्ठभूमिका विषयमा अदालतका आदेशहरू समेतलाई अध्ययन गरी आवश्यक निर्णय लिन सरकारलाई सुझाव दिएको बताए।

प्रतिवेदनले नेपालमा लगानीको वातावरण नरहेको भन्दै लगाएको आरोप तत्थ्यहीन भएको निष्कर्ष दिएको छ।

एनसेल प्रकरण गम्भीर प्रधानमन्त्री

प्रतिवेदन बुझेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको शेयर खरिदबिक्री सम्बन्धी गतिविधि निकै संवेदनशील देखिएको बताएका थिए।

समितिले निकै मिहेनत गरेर प्रतिवेदन बुझाएको भन्दै गम्भीर अध्ययन र विश्लेषण गरेर सरकारलाई सही निर्णय गर्न सहयोग हुने गरी प्रतिवेदन ल्याएकोमा आफू विश्वस्त रहेको प्रचण्डले बताएका थिए।

यसैबीच, नेकपा एकीकृत समाजवादी पार्टीले एनसेलको शेयर खरिद बिक्री प्रकरणको सत्यतथ्य छानबिन गर्न सरकारसँग माग गरेको छ।

केन्द्रीय परिषद्को बैठकले सत्यतथ्य छानबिन गरी आर्थिक अपराध गर्न दुरुत्साहन गर्ने गराउने जोसुकैलाई पत्ता लगाई कारबाही गर्न सरकारलाई दबाब दिएको हो। साथै एनसेलको स्वामित्व सरकारमा ल्याउन आवश्यक प्रक्रिया अगाडि बढाउन पनि ध्यानाकर्षण गराएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

चन्द्रमाको एक टापुको नाम अब ‘ल्हामु क्रेटर’
उपसभामुख विरुद्ध संसद्‌को राज्यव्यवस्थामा उजुरी

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
08 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 08 Sep 2024 00:45 UTC
Latest change: 07 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
134.32
Indian Rupee 
Indian Rupee
83.91
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.48
Japanese Yen 
Japanese Yen
143.05
US Dollar 
US Dollar
1
08 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 08 Sep 2024 00:45 UTC
Latest change: 07 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀