नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान अन्तर्गत केन्द्रीय नेतृत्व जिल्ला–जिल्लामा पुगेको छ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय प्रतिनिधि, प्रदेशले तोकेको पदाधिकारी भिन्न–भिन्न समुदायका बिचमा भ्रमण, भेटघाट र छलफल गर्नुहुने कार्यक्रम रहेको छ। उनले जिल्ला कार्य समितिले माघ १६ गतेदेखि माघ २६ गते सुशील कोइराला स्मृति दिवससम्म यस कार्यक्रमको संयोजन गर्ने बताए ।
कोशी प्रदेशको झापा र सुनसरीमा डा. शेखर कोइराला, संखुवासभा, भोजपुर, तेह्रथुम र धनकुटामा डा. नारायण खड्का, मोरङ, ताप्लेजुङ, पाँचथर, इलाम, ओखलढुङ्गा र उदयपुरमा बलबहादुर केसी पुगेका छन् ।
मधेश र बागमती प्रदेशका जिल्लाहरु महोत्तरी, सिराहा, सप्तरी, धनुषा, सिन्धुली र मकवानपुरमा प्रकाशमान सिंह, बारा, पर्सा, रौतहट, सर्लाही, धादिङ र चितवनमा महालक्ष्मी उपाध्याय ‘डिना’ हुन् ।
यस्तै, काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा डा. मिनेन्द्र रिजाल, ललितपुर, भक्तपुर, रामेछाप र दोलखामा पुष्पा भुसाल, तनहुँ, लमजुङ, गोरखा, पर्वत र नवलपुरमा महेन्द्र यादव, कास्की, स्याङ्जा, म्याग्दी र बागलुङमा प्रदीप पौडेल, रुपन्देही, अर्घाखाँची, दाङ, पाल्पा, बाँके र रोल्पामा विमलेन्द्र निधि, कपिलवस्तु, गुल्मी, रुकुम (पूर्व), बर्दिया, प्युठान र नवलपरासीमा डा. डिला संग्रौला रहेका छन् ।
यसैगरी, कर्णालीको दैलेख, सल्यान र सुर्खेतमा डा. शशांक कोइराला, सुदूरपश्चिमको कैलाली, डोटी, अछाम, बझाङ, डडेलधुरा, दार्चुला, बैतडी, बाजुरा र कञ्चनपुरमा भिष्मराज आङदेम्बे रहनुभएको उनको भनाइ छ।
उनका अनुसार केही हिमाली जिल्ला र भूकम्प प्रभावित दुई जिल्लामा यो अवधिको अभियान राखिएको छैन।
भर्खरै
हिन्दू धर्म, संस्कृति मान्ने हाम्रो परम्परा हो-देउवा
भारतको महाराष्ट्र राज्यमा रेल दुर्घटना, ७ जना नेपालीको मृत्यु
अमेरिका स्वर्णिम युगमा प्रवेश गर्यो : राष्ट्रपति डोनाल्ड जे ट्रम्प
सोमबार शक्तिशाली राष्ट्रप्रमुखका रुपमा ट्रम्पको ह्वाइट हाउस प्रवेश
रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न जिल्ला अदालत कास्कीको आदेश
तिब्बत केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प, काठमाण्डौंमा ठूलो धक्का
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं