राष्ट्रियसभाको निर्वाचन आज, बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान

राष्ट्रियसभाको निर्वाचन आज, बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान

१९ जना निर्वाचित हुने सदस्यका लागि ५२ जनाको उम्मेदवारी

Nirwachan Ayog

राष्ट्रियसभा सदस्यका लागि आज मतदान हुँदैछ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार निर्वाचन बिहान ९ बजेदेखि दिउँसो ३ बजे सम्म हुनेछ । १९ जना निर्वाचित हुने सदस्य संख्याका लागि ५२ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार २ हजार ४७ जना मतदाता, सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा पुगेर मतदान गर्नेछन ।

प्रदेशसभाका सदस्य तथा गाउँ नगरका प्रमुख/उपप्रमुखले मतदान गर्ने व्यवस्था छ । सत्तासीन दलले गठबन्धन बनाएर उम्मेदवार उठाएका छन्, भने विपक्षी एमालेले कोशी प्रदेशमा राप्रपासँग तालमेल गरे पनि अन्यत्र एकल मैदानमा छ ।

निर्वाचनमा प्रदेशसभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था छ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरिहत वातावरणमा सम्पन्न गर्न प्रचलित कानुन र आयोगबाट जारी गरिएको निर्वाचन आचारसंहिता पालना गर्न गराउन सम्बन्धित सबैमा निर्वाचन आयोग अपिल गरेको छ।

राष्ट्रियसभा सदस्यको पदका लागि मतदाता रहेका प्रदेश सभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुनेछ। निर्वाचनमा हालः कायम प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुखरउपप्रमुख गरी दुई हजार ४७ मतदाता गरी कूल मतभार ५७ हजार ५५९ हुनेछ। कानुनतः पदावधि सकिनु ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने व्यवस्था छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

चन्द्रमाको एक टापुको नाम अब ‘ल्हामु क्रेटर’
उपसभामुख विरुद्ध संसद्‌को राज्यव्यवस्थामा उजुरी

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
19 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 19 Sep 2024 00:05 UTC
Latest change: 18 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
134.01
Indian Rupee 
Indian Rupee
83.71
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.47
Japanese Yen 
Japanese Yen
141.66
US Dollar 
US Dollar
1
19 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 19 Sep 2024 00:05 UTC
Latest change: 18 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀