म्याग्दीको मालिका गाउँपालिका–७ बिमका चन्द्रबहादुर श्रीपाली दश वर्षअघिसम्म घरव्यवहार चलाउन वैदेशिक रोजगारमा निर्भर थिए । पर्याप्त जमिन र आम्दानीको अन्य स्रोत नभएकाले १५ वर्ष साउदी र कतारमा पसिना बगाएका चन्दबहादुरले पछिल्लो दश वर्षयता सुन्तला खेतीलाई आम्दानीको स्रोत बनाएका छन।
“चार वर्ष साउदीमा भेडा चराउँदा पाएको दुःख सम्झिएर विसं २०५९ मा छुट्टिमा आउँदा बाँझो बारीमा सुन्तलाको बगैँचा बगाएको थिए”, उनले भने, “त्यति बेला लगाएको सुन्तला फल्न थालेपछि विदेशको तुलनामा यही आम्दानी हुन्छ जस्तो लाग्यो ।” अहिले सुन्तला खेती पेन्सनजस्तो भएको उनले बताएका छन ।
चन्दबहादुरले यस वर्ष दुई सय ५० बोटबाट दुई लाख ३६ हजारको सुन्तला बिक्री गरेको जानकारी दिए । यसअघि एकै वर्षमा चार लाखसम्मको सुन्तला बिक्री गरेको उनले बताए । मालिका–७ बिमका ४५ वर्षीय भवीराज जुग्जाली पनि सुन्तला खेती गर्नुअघि कामको खोजीमा २६ महिना साउदीमा बिताए । वार्षिक चार लाख हाराहारीको सुन्तला बेच्ने जुग्जालीको बगैँचामा तीन सय बोट छन् । “घरव्यवहार चलाउन, छोराछोरी पढाउन सुन्तला खेती गरेपछि सजिलो भएको छ”, उजले भने, “दुई लाख कमाउनका लागि विदेशमा गएर श्रम, पसिना बगाउनुभन्दा गाउँकै पाखाबारीमा सुन्तला खेती गर्दा फाइदा र सजिलो छ ।”
सुन्तला बेचेर भएको आम्दानीले जुग्जालीले दुई छोरीलाई पोखरामा स्नातक तहमा पढाएका छन । श्रीपाली र जुग्जालीजस्तै मालिका गाउँपालिका–७ बिममा पर्ने दुले, नराले, टुनीबोट, दोबाटो, भारवाङ, नौमानेका बासिन्दाले सुन्तला खेतीलाई आम्दानीको मुख्य स्रोत बनाएका छन् ।
साठीभन्दा बढी घरधुरीले व्यावसायिक सुन्तला खेती गरेका भरवाङका हेम पुनले बताए । “सडक, यातायातको सुविधा, भूगोल र हावापानी अनुकूल भएकाले सुन्तला खेती फस्टाएको छ”, उनले भने, “कोदो, मकै, गहुँलगायत खाद्यान्नको विकल्पमा सुन्तला खेती गर्ने क्रम बढेको छ ।” कृषक शिव गौतमका अनुसार मालिका गाउँपालिकाको वडा नम्बर ७ बाट यस वर्ष ९० लाख लाख मूल्य बराबरको सुन्तला निकासी भएको छ । “गत वर्ष एक करोडभन्दा बढी मूल्यको सुन्तला निकासी भएको थियो”, उनले भने, “सुन्तला खेती गरेका घरधुरीमा पुगेर सङ्कलन गरेको विवरणअनुसार यसपालि ९० लाखको निकासी भएको छ ।”
यस वर्ष प्रतिकिलो ५५ देखि ६५ का दरले सुन्तला बिक्री भएको छ । सुन्तला फूल खेल्ने र बटिला लाग्ने समयमा भएको वर्षा र असिनाका कारण उत्पादन घटेको कृषकले बताएका छन् । पोखरा र काठमाडौँमा बिमको सुन्तला निकासी हुन्छ । गाउँकै युवाहरु मिलेर सुन्तला बजारीकरण गर्छन् । पोखराका व्यापारी पनि सुन्तला किन्न बगैचामै आउने गरेका कृषकको भनाइ छ । व्यवस्थित सिँचाइ सुविधा र सुन्तला ढुवानी गर्दा राखिने क्रेट आवश्यक रहेको बिमका कृषकले बताएका छन् । रासस
भर्खरै
बागचन्द मुख्य न्यायाधीशमा नियुक्त, ३५ जिल्ला न्यायाधीश सिफारिस
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा प्रधानमन्त्री : ओली
विपद्का बेला सक्रियता बढाउन गृहमन्त्री लेखकको निर्देशन
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं