यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१ दशमलव ६२ अङ्कले बढेर दुई हजार एक सय २० दशमलव ६२ को विन्दुमा कायम भएको छ ।
केही दिन यता तीन सय १४ कम्पनीको एक करोड ६६ लाख पाँच हजार दुई सय ३४ कित्ता सेयर ९४ हजार पाँच सय २६ पटक खरिद बिक्री हुँदा पाँच अर्ब ४५ करोड चार लाख २१ हजार आठ सय छ बराबरको कारोबार भएको छ ।
होटल तथा पर्यटन समूहको उपसूचक शून्य दशमलव ०१ र व्यापार समूह शून्य दशमलव ९४ अङ्कले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै जनविद्युत समूह चार दशमलव ५८ र अन्य समूह दुई दशमलव ७७ प्रतिशतले बढेको छ ।
जलविद्युत समूहका पाँच कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । हिमालयन पावर पार्टनर लिमिटेड, कालिका पावर कम्पनी लिमिटेड, तेह्रथुम पावर कम्पनी लिमिटेड, मध्यभोकोशी जनविद्युत कम्पनी लिमिटेड र माथिल्लो मैलुङखोला जलविद्युत लिमिटेडको शेयर मूल्य दश प्रतिशतले बढेको हो । सबैभन्दा धेरै गुमाउनेमा भने मेगा म्युचुअल फण्ड–१ को शेयर मूल्य नौ दशमलव ५३ प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याको आधारमा सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड प्रमोटर शेयर ३५ करोड ६८ लाख ३८ हजार सात सय २० बराबरको १२ लाख ७४ हजार चार सय २४ कित्ता किनबेच भएको छ ।
भर्खरै
नेप्से परिसूचक १८ दशमलव ७६ अङ्कले घट्यो
दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक
सुनकोशी मरिण डाइभर्सन : १२ किलोमिटर सुरुङ खनियो, ब्रेक थ्रुको तयारी
चिनियाँ व्यवसायीद्वारा एक लाख किलो चिया अर्डर
सन्तुलित बजेट ल्याउछौँ : अर्थमन्त्री पुन
प्रहरीका पेट्रोलपम्प २४ सै घण्टा सञ्चालन हुने
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं