कालीगण्डकी र म्याग्दी नदी किनारका सिमसार क्षेत्र नासिँदै

कालीगण्डकी र म्याग्दी नदी किनारका सिमसार क्षेत्र नासिँदै

kaligadaki-nadi

म्याग्दी । अत्यधिक नदी दोहन, सडक विस्तार, जनसङ्ख्या वृद्धिसँगै अव्यवस्थित बसोबास र विकास निर्माणले कालीगण्डकी र म्याग्दी नदी किनारको सिमसार क्षेत्र मासिँदै जान थालेको छ ।

वातावरणीय मूल्याङ्कनविना नै जथाभावी खनिएका सडक, सिमसारका जग्गा अतिक्रमण, जलवायु परिवर्तन र बढ्दो औद्योगिकीकरणले सिमसार क्षेत्र सुक्खा र उजाड बन्दै गएको सरोकारवालाले बताएका छन् ।

सिमसार क्षेत्र मासिन थालेपछि त्यहाँ आहारा नपाएर रैथाने जातका चरा, जलचर प्राणी र स्थानीय जातका वनस्पति तथा आनुवांशिक स्रोतसमेत हराउन थालेको डिभिजन वन कार्यालय जनाएको छ ।

सिमसारको दिगो संरक्षण तथा व्यवस्थापन गर्नसके कृषि, सिँचाइ, वातावरण, ग्रामीण पर्यटन, जैविक विविधता, जनावरको संरक्षण, स्थानीयवासीका लागि आयआर्जनको माध्यम, स्थानीय तहको अर्थतन्त्र मजबुत हुने डिभिजन वन कार्यालयका चन्द्रमणि सापकोटाले बताए ।

बढ्दो सहरीकरण, यातायात, अव्यवस्थित विकास निर्माणले सिमसार क्षेत्र व्यवस्थापनमा धेरै चुनौती थपिएको उनको भनाइ छ । जिल्लाका मुख्य सिमसार क्षेत्र खयरवराही ताल, बराहा दल, कालीगण्डकी, म्याग्दी नदी, रघुगङ्गा खोलालगायत हुन् ।

सिमसार क्षेत्र पुरिँदै र नासिँदै जानुमा नदी÷खोलाबाट अव्यवस्थित तवरमा बालुवा, गिटी र ढुङ्गा निकाल्नु, डोजरको प्रयोग गरेर सडक खन्नु प्रमुख कारण रहेको सरोकारवालाहरुले बताएका छन् ।

गाउँघरमा पोखरी, दह, कुवा आदिको संरक्षण गर्ने प्रचलन प्राचीन समयदेखि रहँदै आए पनि पछिल्लो समय बढ्दो बसाइँसराइ, विकासका नाममा भित्रिएको डोजर संस्कृति आदिले धारा, कुवा, पँधेरा, पोखरी, वरपीपल आदिको संरक्षणमा चासो घट्दै गएको मङ्गला गाउँपालिका–२ का हरिकृष्ण पौडेलले बताए ।

मानवीय अतिक्रमण र वातावरणीय प्रदूषणले म्याग्दी र कालीगण्डकी नदीको अस्तित्व सङ्कटमा पर्दै गएको वातावरण संरक्षणकर्मीको भनाइ छ । डोजर र स्काभेटरले जथाभावी उत्खनन गर्दा कालीगण्डकी नदीको जलचक्र प्रणाली नै खलबलिँदै गएको छ ।

बालुवा, ढुङ्गाजस्ता नदीजन्य पदार्थको अनियन्त्रित उत्खननले नदीले आफ्नो मौलिक र प्राकृतिक धार परिवर्तन गर्नाका साथै त्यहाँका जलचर प्राणी बसाइँ सर्दै गएपछि नदीको जलचक्र प्रणाली नै खलबलिएको वातावरणविद् चन्द्रकान्त घिमिरेले बताए ।

राज्यले प्रभावकारी कदम चाल्न नसक्दा नदीको दोहन, उत्खनन, अतिक्रमण र नदीजन्य पदार्थको चोरी निकासीले दुर्लभ शालिग्राम सङ्कटमा परेका उनको भनाइ छ । पहिलेको जस्तो कालीगण्डकी नदीमा शालिग्राम पाइन छाडेको छ ।

नदीको जलचक्र प्रणालीमा परिवर्तन हुँदा प्राकृतिक र मानवीय सङ्क बढ्दै गएको छ । नदीले मौलिक धार परिवर्तन गर्दा बाढीपहिराले तटीय बस्ती जोखिममा पर्दै जान थालेका छन् । नदी साविककोभन्दा गहिरो र साँघुरो बन्दै गएको बेनी बजारका ज्येष्ठ नागरिक नैनकुमार श्रेष्ठले बताए ।

आठसय १४ किमी लामो कालीगण्डकी नदमध्ये झण्डै पाँच सय किमी भाग नेपालमा बग्दछ भने तीन सय किमी भाग भारतमा बग्दै गङ्गा नदीमा समाहित भएर बङ्गालको खाडीमा पुग्दछ ।

कालीगण्डकी आसपास रहेका विभिन्न तीर्थस्थल, धाम, घाट र मानवबस्तीलाई अध्ययन गर्दा यसको सभ्यता पनि वैदिककालसँग जोडिएको विश्वास गरिन्छ । यो नदी धार्मिक, सांस्कृतिक, ऐतिहासिक, आर्थिक तथा पर्यटकीय दृष्टिले पनि ठूलो महत्वको छ ।

कालीगण्डकी किनारको धेरै ठाउँमा घना मानवबस्ती, व्यापारिक केन्द्र र विभिन्न पुराणमा वर्णन गरिएअनुसारका धार्मिक क्षेत्र रहेकाले कालीगण्डकीको सभ्यता निकै पुरानो सभ्यता मानिने पं नीलकण्ठ आचार्यले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

आज देशभर बकर इद मनाइँदै
कक्षा ४ र ६ को प्रश्नपत्र एउटै
किसानले सडकमै पोखे दूध

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
19 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 18 Sep 2024 20:00 UTC
Latest change: 18 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
134.01
Indian Rupee 
Indian Rupee
83.71
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.47down
Japanese Yen 
Japanese Yen
141.66up
US Dollar 
US Dollar
1
19 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 18 Sep 2024 20:00 UTC
Latest change: 18 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀