गण्डकी प्रदेशमा उत्पादित सुन्तला विराटनगरमा

गण्डकी प्रदेशमा उत्पादित सुन्तला विराटनगरमा

Suntala
पोखरा–५ पस्र्याङ निवासी सुन्तला व्यापारी राजेश कार्कीले कुनै वर्ष एकै दिनमै ११ गाडी सुन्तला बिक्रीका लागि विराटनगर पठाउँथे । तर पछिल्ला वर्ष सोही परिमाणमा सुन्तला मधेसतिर पठाउन सकेका छैनन् । ‘पकेट’ क्षेत्र मानिने स्याङ्जा, म्याग्दी, बागलुङ, लमजुङ, तनहँु, पर्वतलगायत जिल्लामा उत्पादित सुन्तला बिक्री गर्ने मुख्य केन्द्र पोखरा बजार हो । पोखराबजारमा ल्याइएका सुन्तला लिएर यहाँका व्यापारी पूर्वी तराईका जिल्लासम्म जाने गर्छन् ।
केही वर्षदेखि कास्कीलगायत जिल्लामा सुन्तलाको बोटमा देखापरेको ‘ग्रिनिङ भाइरस’ रोगका कारण यस क्षेत्रमा सुन्तला उत्पादन घटेको छ । सुन्तलामा देखापरेको रोगसँगै साना दाना र बोक्रामा दाग देखापर्ने गरेको कास्कीका किसान भोलाप्रसाद पोखरेलले जानकारी दिए । यस क्षेत्रमा सुन्तला उत्पादन बढी हुने जिल्लाको रूपमा स्याङ्जा मानिदै आएको छ । तर त्यहाँको सुन्तलामा दाग देखिन थालेको व्यापारी राजेश कार्कीको भनाई छ । रसिला नहुँदा र बोक्रामा दाग हुँदा उपभोक्ताका रोजाइँमा स्याङ्जाको सुन्तला कम पर्ने गरेको छ । पश्चिम स्याङ्जाका सुन्तला बिक्रीका लागि केही बुटवल  पनि लैजाने गरिएको छ ।
सुन्तलाको बोटमा रोग देखिएकै कारण कास्कीमा भने सुन्तला उत्पादन शून्य प्रायः  छ । केही मात्रामा कास्कीको निर्मलपोखरीको दोपरेमा मात्र सुन्तला देख्न सकिन्छ । पछिल्ला वर्ष म्याग्दी, बागलुङ र पर्वतलगायत स्थानका सुन्तला स्वादिष्ट र ग्राहकको रोजाइँमा पर्ने गरेको जानकारी सुन्तला व्यापारी देवीप्रसाद कँडेलले दिए । यहाँ फल्ने सुन्तलामा चिल्ला र पातला बोक्रा हुँदा स्वादिष्ट हुने गरेको उनको भनाइ छ ।
पोखराका उपभोक्ताले यतिबेला सुन्तलाको मूल्य प्रतिकेजी ४० देखि एक सय २० रुपैयाँसम्म तिर्नुपर्ने हुन्छ । तर किसानले त्योभन्दा निकै कम मूल्य पाउने गरेका छन् । म्याग्दी जिल्ला निवासी सुन्तला व्यापारी मनबहादुर क्षेत्रीले यस वर्ष म्याग्दीबाट तीन खेप सुन्तला पोखरा बजारमा ल्याए तर तिनै पटक नोक्सान व्यहोर्नुपरेको गुनासो सुनाउँदै अब १५ दिन सुन्तला नल्याउने सोचमा छन ।
गाउँमै पुगेर किसानसँग आफूले ७० रुपैयाँमा सुन्तला खरिद गरेको तर पोखरा बजारमा ल्याउँदा त्यो मूल्य पनि पाउन नसकेको दुखेसो उनले पोखे । ‘म्याग्दीबाट पोखरा सुन्तला ल्याइ पुराउँदा ढुवानी र मजदुरलाई मात्र प्रतिकेजी १५ बुुझाउनुपर्ने हुन्छ, क्षेत्रीले भने, “म्याग्दी र बाग्लुङको सुन्तला स्वादिष्ट र केही महङ्गो पर्छ भन्ने कुरा उपभोक्ताले बुझ्न नसक्दा घाटा पनि व्यहोर्नुपरेको छ ।”
स्याङ्जाबाट ल्याउदा प्रतिकेजी ढुवानी र मजदुर लागत सात पर्ने र सुन्तलाको मूल्य सस्तो पर्ने भएकाले व्यापारीले नोक्सान व्यहोर्नुनपर्ने भनाइ क्षेत्रीको छ । तराई क्षेत्रका जिल्लामा यस वर्ष सुन्तला खपत कम भएको जानकारी क्षेत्रीले दिए । सुन्तला जातको किबु तराईका जिल्लामा प्रतिकेजी ३० मा पाइने भएकाले पनि यस क्षेत्रका सुन्तला त्यो क्षेत्रमा कम बिक्री हुने गरेको सुन्तला व्यापारी श्यामकृष्ण अधिकारीले बताए ।
पोखराका तरकारी तथा फलफूल बजारस्थलमा यतिबेला सुन्तलाका थुप्रा त देखिन्छन् तर ती सुन्तलाको रसिलोपन भने प्रतिवर्ष घट्दै गएको छ । यहाँका व्यापारीले ती सुन्तला तराईको पूर्वी क्षेत्र काँकडभिट्टा, विर्तामोड, चारआली, दमक, लहान, पर्सा, हेटौँडाल, काठमाडौँलगायत बजारमा थोक रुपमा बिक्री गर्न छानेर लाने गर्छन् ।
तराईका जिल्लामा सुन्तला नपाइने भएकाले पनि व्यापारीले पोखराको भन्दा बढी मूल्यमा बिक्री गर्ने गरेका छन् । पोखराबाट वर्षेनी २० देखि २५ करोड मूल्यको सुन्तला बिक्री हुने गरेको व्यापारी बताउँछन् । सुन्तलाको सानो दानाको कारण कहिलेकाही घाटा पनि हुने गरेको व्यापारी रमेश रायमाझीले बताए । राम्रो सुन्तला प्रतिकिलो ७० मा बिक्री हुन्छ तर सानो दानाको मूल्य ठूला व्यापारीले प्रतिकिलो २५ निर्धारण गर्दा नोक्सान व्यहोर्नुपरेको बताउँछन । ‘सुन्तलाको पहिचान गर्न नसक्दा घाटा हुने सम्भावना रहन्छ, रायमाझीले भने, “किसानले बिक्री गर्ने मूल्य र उपभोक्ताले खरिद गर्ने मूल्यमा अन्तर बढी हुँदा पनि नोक्सान हुने गर्छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
21 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 20 Sep 2024 21:00 UTC
Latest change: 20 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.71down
Indian Rupee 
Indian Rupee
83.53down
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.47
Japanese Yen 
Japanese Yen
144.4up
US Dollar 
US Dollar
1
21 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 20 Sep 2024 21:00 UTC
Latest change: 20 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀