source url खोटाङ दिक्तेलस्थित लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाको बचत ठगीसम्बन्धी कसूरमा ३५ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालय खोटाङले जिल्ला अदालत खोटाङमा अभियोगपत्र दायर गरेको छ । बचतकर्ताको लगानी अपचलन आरोपमा सहकारीका वर्तमान तथा निवर्तमान सञ्चालक समिति, सहकारीका तत्कालीन अध्यक्ष अनिल जोशी (मृतक) तथा जोशीका परिवार, सहकारीका प्रबन्धक, लेखापाल र ऋणीविरुद्ध अभियोगपत्र दायर गरेको हो ।
herehttps://townofosceola.com/dami880hm मुलुकी फौजदारी कार्यविधिसंहिता, २०७४ को दफा ३२ बमोजिम प्रतिवादीविरुद्ध सरकारी वकिलले तयार गरेको अभियोगपत्र दायर भएको अदालतका श्रेस्तेदार सीताराम खड्काले जानकारी दिए । सहकारीका दुई सय ६५ बचतकर्ताले ३५ प्रतिवादीबाट चार करोड ४० लाख ६१ हजार १८ बिगो माग दाबी गरेका छन् ।
https://musicboxcle.com/2025/04/556nmqqmi3https://kanchisilksarees.com/pvu5gbr अभियोगपत्र पेस भएसँगै प्रतिवादीमध्ये हिरासतमा रहेका नौ जनाको बिहीबारदेखि बयान सुरु गरिएको श्रेस्तेदार खड्काले जानकारी दिए । “बयान सकिएपछि सरकारी वकिल र प्रतिवादीका तर्फबाट मुद्दा लड्ने वकिलबीच बहस हुन्छ । बहस सकिएपछि उनीहरुलाई थुनामा राख्ने, तारिखमा छाड्ने वा धरौटीमा छोड्ने निर्णय हुन्छ”, उनले भने, “प्रतिवादीमध्ये २६ जना “फरार सूचीमा रहेका छन् । उनीहरु आफै पनि अदालतमा हाजिर हुनसक्छन् । यदि हाजिर नभएको खण्डमा पक्राउ गरेर ल्याइन्छ ।”आफूहरुले जम्मा गरेको बचत डुबाइदिएको भन्दै बचतकर्ताले विसं २०७९ फागुन–२ गते पहिलो पटक सहकारीका अध्यक्ष जोशीको परिवारका पाँच सदस्यसहित आठ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दिएका थिए ।
https://etxflooring.com/2025/04/1q6k8y7tibrsee लालुपाते सहकारी सङ्कटमा फसेको विषयमा अनुसन्धान अघि बढाएको प्रहरीले ऋण तिर्नका लागि सूचना जारी गर्दा तोकिएको समयभित्र पाँच जनाले ऋण फिर्ता गरेका छन् । कमल गिरीले दश लाख, निकिता राईले दुई लाख, नवराज थापाले एक लाख ५० हजार, राजन सैंजूले एक लाख ३५ हजार र इन्द्र श्रेष्ठले ३१ हजार ऋण फिर्ता गरेको प्रहरीले जनाएको छ ।
https://aalamsalon.com/nr2eqzs6h8
https://colvetmiranda.org/izvw7iebo5
भर्खरै
“ नमस्ते फर्निचर” को अर्को आउटलेट हेरिसबर्गमा
संस्थागत शेयर धितो कर्जामा २० करोडको सीमा खारेज
दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा : ऊर्जामन्त्री
लगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन
व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी
सुनकोशी मरिण डाइभर्सन : १२ किलोमिटर सुरुङ खनियो, ब्रेक थ्रुको तयारी
click
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं