टेक्सास क्षेत्रको अग्रणी सामाजिक संस्था, नेपाली समाज टेक्सासको चुनावी सरगर्मी बढेको छ । एनएसटीको सन् २०२४-२५ कार्यकालका लागि अध्यक्षमा दुई जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
अध्यक्षमा वर्तमान अध्यक्ष राजेन्द्र वाग्ले र यसअघि महासचिव भएर काम गरिसकेका कमल सत्यालले उम्मेदवारी दर्ता गरेका हुन् । यस पटक दुई समुह, चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । शनिवार वाग्ले समुहले उम्मेदवारी दर्ता गरेको थियो भने, आइतवार सत्याल समुहले उम्मेदवारी दर्ता गरेको छ ।
निर्वाचन समितिको सचुना अनुसार, वरिष्ठ उपाध्यक्षमा जनक भण्डारी र मधुकर खरेलको उम्मेदवारी परेको छ, यस्तै महिला उपाध्यक्षमा सावित्री भण्डारीको एकल उम्मेदवारी परेको छ । यस्तै उपाध्यक्षमा बलराम पौडेल र रविन पाठकको उम्मेदवारी परेको निर्वाचन समितिले जानकारी दिएको छ ।
यसैगरी महासचिवमा बिजय भुषाल र सन्देश उप्रेतीको उम्मेदवारी परेको छ । यस्तै सचिवमा दुई, कोषाध्यक्षमा दुई, सहकोषाध्यक्षमा दुई, खेल संयोजकमा दुई, महिला संयोजकमा एक, युवा तथा बिद्यार्थी संयोजकमा दुई र कार्यसमिति सदस्यमा ९ जनाको उम्मेदवारी परेको छ ।
नेपाली भाषा, साहित्य, कला सँस्कृतिको संरक्षण र नेपालीहरुको सुख दुखमा एनएसटी उत्कष्ट संस्थाको रुपमा दर्ज छ । भब्य योजना सहित पशुपतिनाथको मन्दिर निमार्णको चरणमा रहेको यो संस्थाले नयाँ पुस्ताका बालबालिकाहरुलाई नेपाली भाषा कक्षा समेत संचालन गरिरहेको छ ।
वर्तमान अध्यक्ष समेत रहेको वाग्लेले न्यूजपालीसँग कुराकानी गर्दै भने, म दोश्रो कार्यकालका लागि चुनावी प्रतिस्पर्धामा छु, धेरै काम सम्पन्न गर्नुछ, स्वच्छ भावनाका साथ समय दिएर सामाजिक काम गर्ने व्यक्तिहरुलाई सहयोग गर्न म सबैमा हार्दिक अपिल गर्दछु ।
अध्यक्षमा उम्मेदवारी दर्ता गराएका पूर्वमहासचिव सत्यालले न्यूजपालीसँग कुराकानी गर्दै भने, एनएसटीले राम्रो काम गरिरहेको छ, यो हामी सबैको संयुक्त प्रयासबाट सम्भव भएको हो, म महासचि भएर उत्कृष्ट काम गरेको बारे सबैलाई थाहै छ, म नेतृत्वमा आएर यो संस्थाको गरिमा थप उचो बनाउने लक्ष्य लिएको छु ।
नेपाली समाज टेक्सासले केही समयअघि आफ्नो २५ औं बार्षिकोत्सव बिविध कार्यक्रम गरी मनाएको थियो ।
हेर्नुस उम्मेदवारी दर्ता गरेकाहरुको नामावली
भर्खरै
आज विजया दशमी, टीका र जमरा लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटमा
सबै अधिकार सहितको नागरिकताको निरन्तरताका लागि प्रधानमन्त्री ओलीको प्रतिवद्धता
टेक्सस र क्यालिर्फोनियामा महाबाणिज्यदूतावास खोल्न प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको ध्यानाकर्षण
जय नेपाल अन्तर्राष्ट्रिय फाउन्डेसन न्यु ह्याम्पसायर अध्यक्षमा पवन पौडेल
नेपाली नागरिकताको निरन्तरताको बिपक्षमा एनआरएनए अमेरिका अध्यक्ष बन्जाडे
नेपाली नागरिकताको निरन्तरता अभियानले विश्वभरबाट हस्ताक्षर संकलन गर्ने
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं