म्याद गुज्रिएको मदिरा एवं पेयपदार्थ बिक्री गरेको पाइएपछि कारबाहीमा परेको तनहुँका एक व्यवसायीले दुई लाख जरिवाना बुझाएका छन् । व्यास नगरपालिका–३ फलफूल लाइनस्थित भानु सप्लार्यसका सञ्चालक श्रीराम खनालले जिल्ला प्रशासन कार्यालयमा रकम बुझाएका हुन् । जनगुनासा र उजुरी आएपछि सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेको नेतृत्वमा गएको टोलीले शनिबार उक्त पसलको अनुगमन गरेको थियो । अनुगमनका क्रममा करिब छ महिना म्याद गुज्रिएका सात काटुन वियर एवं पेयपदार्थ फेला परेको सहायक प्रजिअ गैरेले जानकारी दिएका छन ।
जिल्ला प्रशासन कार्यालयले गरेको निर्णयमा चित्त नबुझे व्यवसायीले वाणिज्य विभाग काठमाडौँमा पुनरावेदन दिन सक्ने व्यवस्था रहे पनि तिर्नुपर्ने जरिवाना बुझाएर गएको गैरेले बताए । वाणिज्य विभागले बजार अनुगमन कार्यमा खटिने सहायक प्रमुख जिल्ला अधिकारीलाई ठाउँको ठाउँ कारबाही गर्न सक्नेसम्मको अधिकार प्रदान गरेको हुन्छ ।
कानुनी कारबाही नहुँदासम्म सप्लार्यसमा शिलबन्दी गर्न सहायक प्रजिअ गैरेले निर्देशन दिएकाले जरिवाना बुझाएपछि पुनः पसल खुलेको छ ।
भर्खरै
“ नमस्ते फर्निचर” को अर्को आउटलेट हेरिसबर्गमा
संस्थागत शेयर धितो कर्जामा २० करोडको सीमा खारेज
दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा : ऊर्जामन्त्री
लगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन
व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी
सुनकोशी मरिण डाइभर्सन : १२ किलोमिटर सुरुङ खनियो, ब्रेक थ्रुको तयारी
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं