संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ होटल सङ्घ पोखराले कात्तिक २९ गते १६औँ भाइटीका महोत्सव हुने भएको छ । ‘संस्कृति बचाऔँ, पर्यटन प्रवर्द्धन गरौँ’ भन्ने नाराका साथ लेकसाइडस्थित होटल ल्याण्डमार्कमा महोत्सव गर्न लागिएको सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिएका छन ।
नेपाली संस्कृतिको संरक्षण एवं सम्वर्द्धन गरी स्वदेशी तथा विदेशी पर्यटकबीच आपसी भाइचाराको विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपाली संस्कृतिलाई परिचित गराउने उद्देश्यका साथ निरन्तर महोत्सव गर्दै आइएको अध्यक्ष सुवेदीले जानकारी गराएका छन। कोभिड–१९ लगायत विविध कारण पर्यटन मारमा परिरहेको उल्लेख गर्दै, उनले पर्यटन पुनःरुत्थानमा महोत्सवले सघाउने विश्वास व्यक्त गरे ।
संस्कृतिको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ प्रत्येक वर्ष भाइटीकामहोत्सव सञ्चालन भइरहेको महोत्सवका संयोजक एवं सङ्घका सचिव पार्वता पाण्डेले जानकारी दिएका छन। महोत्सवमा विभिन्न देशका पर्यटकले भाग लिने र कतिपय दोहो¥याएर टीका लगाउन आउने अपेक्षा गरिएको उल्लेख गर्दै संयोजक पाण्डेले महोत्सव पोखराका लागि अर्को महत्वपूर्ण पर्यटकीय गतिविधिका रुपमा विकास भएको बताए ।
पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड र गोर्खा प्रिमियम वियरले महोत्सवलाई सघाउनले सङ्घले जनाएको छ । रासस
भर्खरै
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पञ्चकोटको विश्वशान्ति कलश निर्माणमा जुट्यो सात करोड
आज देशभर बकर इद मनाइँदै
सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक छिट्टै निष्कर्षमा : मन्त्री गिरी
कक्षा ४ र ६ को प्रश्नपत्र एउटै
किसानले सडकमै पोखे दूध
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं