follow जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा कात्तिक १७ गते शुक्रवार राति गएको भूकम्पबाट प्रभावितलाई गैरआवासीय नेपाली सङ्घले राहत सामग्री हस्तान्तरण गरेको छ । भूकम्पपीडित घरपरिवारका लागि राहत सामग्री हस्तान्तरण गरिएको हो । सङ्घले रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा त्रिपाल दुई सय थान, फेन्सी कपडा १० सेट (२०० थान), ब्लाङ्गकेट २०० थान, चप्पल चार सय जोर, चामल चार सय बोरा, दाल सय केजी, एक हजार लिटर तेल, पाँच सय केजी नुन लगायतका राहत सामग्री हस्तान्तरण गरेको हो ।
go to site यस्तै जाजरकोटमा पनि सोही परिमाणमा राहत सामग्री वितरण गरिएको सङ्घले जनाएको छ । विदेशमा बस्ने नेपाली दाजुभाई दिदी बहिनीको गाँस काटेर सङ्कलन भएको सहयोग भूकम्पपीडित समक्ष वितरण गर्न पाउँदा सन्तोष मिलेको सङ्घले जनाएको छ ।
source सन् २०१५ मा गएको गोरखा भूकम्पमा समेत गैरआवासीय नेपाली सङ्घले पाँच सयभन्दा बढी स्वयंसेवक खटाएर राहत तथा उद्धारमा सहयोग गरेको थियो । जाजरकोट र रुकुम पश्चिमको पुनःनिर्माणमा विदेशमा बस्ने नेपालीले सहयोग गर्ने सङ्घको प्रतिबद्धता छ । रासस
Notifications
भर्खरै
मदिरा सेवन संस्थाको पैसाबाट गरिएको थिएन : गैरआवासीय नेपाली संघ
नेपाली समाज टेक्ससको अध्यक्षमा पुनः वाग्ले
आरके समुहद्धारा एनआरएनएको पुनः निर्वाचन गर्न माग
जाजरकोट र रुकुम पश्चिममा एनआरएनएको राहत
एनआरएनएमा पौडेललाई Keshab हुनुपर्नेमा Keshav भयो भनरे फेरि जिताइयो
‘प्रवासमा नेपाली पत्रकारिता र सञ्चार क्षेत्रका अपेक्षा’
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं