शनिबार, १८ कार्तिक २०८०
जाजरकोटको रामी डाँडालाई केन्द्रविन्दु बनाएर शुक्रवार मध्यरातमा भूकम्प गएको छ ।
शुक्रवार राति ११ बजेर ४७ मिनेटको समयमा जाजरकोटलाई केन्द्र बनाएर ६ दशमलव ४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिएका छन्।
भूकम्पको धक्का पश्चिम नेपालका जिल्ला र पाेखरा, काठमाडौं सम्म महसुस गरिएको छ । भूकम्पको धक्कापछि पश्चिम नेपालका जिल्लाहरुमा सर्वसाधारण घरबाट बाहिर निस्किएका थिए ।
भारतको राजधानी नयाँ दिल्लीमा भूकम्पको ठूलो धक्का महसुश गरिएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।
जाजरकोटमा केही घर चर्किएका स्थानीयले बताएका छन् । राति साढे १२ बजेसम्म क्षतीको विवरण आउन सकेको छैन ।
भर्खरै
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पञ्चकोटको विश्वशान्ति कलश निर्माणमा जुट्यो सात करोड
आज देशभर बकर इद मनाइँदै
सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक छिट्टै निष्कर्षमा : मन्त्री गिरी
कक्षा ४ र ६ को प्रश्नपत्र एउटै
किसानले सडकमै पोखे दूध
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं