पोखरा महानगरपालिका वडा नं. २२ मा दुर्घटनामा परेको छ ।
बस दुर्घटनामा परी ३ जना गम्भीर घाइते भएका छन् । ४ जनाको अवस्था मध्यम छ भने २८ जना सकुशल छन् ।
घाइतेहरूको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, रामघाट पोखरामा उपचार भइरहेको छ । अस्पतालका अनुसार गम्भीर घाइते हुनेहरूमा काटमाण्डाै घर बताउने ४९ वर्षकी रीमा कार्की, पोखरा ३१ का ३५ वर्षिय बुद्धिराज सुवेदी र पोखरा १७ का ५७ वर्षिय उत्तमबहादुर गुरूङ छन् ।
यस्तै, मध्यम घाइते हुने चार जनामा पोखरा १७ कि ३१ बर्षकी अनिता थापा, पोखरा १५ कि १६ वर्षीया विनिता न्यौपाने, काठमाण्डुकी २८ बर्षीया विनिता पराजुली र पोखरा १७ कि ६१ वर्षीया राधिका थापा रहेका छन् ।
पोखरा छोरेपाटबाट शान्ति स्तुपा हुँदै पुम्दिकोट महादेव मन्दिर जाँदै गरेको ग १ख ८५८५ नम्बरको माइक्रो बस छोरेपाटनदेखि ५०० मिटर माथि घैयाखेत एरियामा भिरबाट लगभग २० मिटर तल खसेको कास्की प्रहरीले जनाएको छ ।
बसमा ३५ जना सवार रहेको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी एसएसआई शिव पाठकले जानकारी दिए
छोरेपाटनदेखि शान्ति स्तुपाहुँदै महादेव मन्दिरसम्म चल्ने पोखरा यातायात प्रालिको सो बस दिउँसो पौने १ बजेतिर उकालो स्थानमा दुर्घटनामा परेको हो ।
भर्खरै
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पञ्चकोटको विश्वशान्ति कलश निर्माणमा जुट्यो सात करोड
आज देशभर बकर इद मनाइँदै
सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक छिट्टै निष्कर्षमा : मन्त्री गिरी
कक्षा ४ र ६ को प्रश्नपत्र एउटै
किसानले सडकमै पोखे दूध
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं