कतारको दोहामा पक्राउ परेका आठ जना पूर्व नौ सैनिक अधिकारीलाई कतारको अदालतले मृत्युदण्डको फैसला सुनाएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । विदेश मन्त्रालयले फैसलाबाट आफू स्तब्ध भएको र अब विस्तृत फैसलाको प्रतिक्षामा रहेको जनाएको छ ।
“कतारको कोर्ट अफ फस्र्ट इन्स्टेन्सले अल दहरा कम्पनीका आठ जना भारतीय कर्मचारीको संलग्नता रहेको मुद्दामा फैसला सुनाएको हामीलाई प्रारम्भिक जानकारी प्राप्त भएको छ,” विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मृत्युदण्डको फैसलाले हामी स्तब्ध भएका छौं र विस्तृत फैसलाको प्रतिक्षामा छौं ।”
“हामी परिवारका सदस्य र कानुनी टोलीसँग सम्पर्कमा छौं र हामी सबै कानुनी विकल्पहरूको खोजी गरिरहेका छौं,” विज्ञप्तिमा भनिएको छ । विदेश मन्त्रालयले भनेको छ, “हामी यो घटनालाई उच्च महत्व दिन्छौं र यसलाई नजिकबाट नियालिरहेका छौं । हामीले सबै परिवारलाई कुटनीतिक तथा कानूनी सहायता प्रदान गर्न जारी राख्नेछौं ।
“हामी कतारी अधिकारीहरूसँग पनि सम्पर्क गरी थप निर्णय लिनेछौं,” विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यस मुद्दाको कारबाहीको गोप्य प्रकृतिका कारण यस घडीमा थप टिप्पणी गर्नु उपयुक्त हुने छैन ।” सन् २०२२ को अक्टोबरदेखि कतारमा रहेका ती आठ भारतीय नागरिकमाथि पनडुब्बी कार्यक्रमका लागि जासुसी गरेको आरोप लागेको थियो । नयाँ दिल्लीले ती आठ जना भारतीयलाई सल्लाहका लागि पहुँच प्रदान गरेको थियो र उनीहरूको रिहाइका लागि काम गरिरहेको थियो ।
मार्चको अन्त्यमा भारतीय नागरिकको मुद्दामा पहिलो सुनुवाई गरिएको थियो । त्यसपछि ग्वालियरमा बस्दै आएकी एक पूर्व नौसैनिक अधिकारीकी बहिनी मीतू भार्गवले आफ्नो भाइलाई फिर्ता ल्याउन भारत सरकारसँग सहयोगको याचना गर्नुभएको थियो । गत जुन ८ मा एक्स (ट्वीटर) मा एक पोस्ट लेख्दै उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई मुद्दामा हस्तक्षेप गर्न आग्रह गरेका थिए ।
भर्खरै
भारतीय विदेश सचिव मिश्री आइतबार नेपाल आउँदै
भारतमा बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार
परराष्ट्रमन्त्री राणासँग अमेरिकी राजदूतको शिष्टाचार भेट
सबैभन्दा तातो दशकपछि पृथ्वी सङ्कटको सङ्घारमा रहेको राष्ट्रसङ्घको चेतावनी
परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता
‘मानव तस्करी’ को आशङ्कामा भारतीय विमान, फ्रान्समा अवतरण
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं