मङ्गलबार, ७ कार्तिक २०८०
यस वर्ष दशैंको टीकाको उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा छ । नेपाल पञ्चांग निर्णायक समितिले सार्वजनिक गरेको टीकाको साइत अनुसार, कात्तिक ७ गते बिहान ११ बजेर दुई मिनेटमा टीका लगाउँदा राम्रो छ ।
विजया दशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत छ। देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेहरुका लागि बिहान ११ बजेर २ मिनेटमा उत्तम साइत रहेको समितिले जनाएको छ।
गत साउन महिनामा अधिकमास परेका कारण यस वर्ष असोज अन्तिमदेखि दशैं सुरू भएको हो । कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिनमा दशैं पर्व समाप्त हुन्छ। मंगलबार विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन हो। नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइन्छ।
भर्खरै
प्रवासी नेपालीहरुको नागरिकताको निरन्तरताका लागि संबिधान संशोधन पनि गर्न तयार छौं : एमाले उपमहासचिव ज्ञवाली
प्रवासी नेपालीहरुले एक स्वरमा भने, हामी नागरिकताको निरन्तरताका लागि लडिरहनेछौं
चन्द्रमाको एक टापुको नाम अब ‘ल्हामु क्रेटर’
विमान दुर्घटनाका साक्षी भन्छन्, कान्लामा नठोक्किएको भए जहाज सिधै बस्तीमा पस्ने थियो
देशभरका नौ सडकखण्ड अवरुद्ध, एक सय ५९ एकतर्फी सञ्चालनमा
उपसभामुख विरुद्ध संसद्को राज्यव्यवस्थामा उजुरी
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं