युद्धग्रस्त इजरायलबाट आफ्ना नागरिकको उद्धारका लागि परराष्ट्र मन्त्री एनपी साउद स्वयम इजरायल प्रस्थान गरेका छन् । नेपाल एयरलायन्सको विमानमा मन्त्री साउद बिहिवार बिहान नेपालीहरूलाई लिन इजरायलप्रस्थान गरेका हुन । परराष्ट्र मन्त्री साउदका स्वकीय सचिव दीपक जोशीका अनुसार, नेपालीहरूको उद्धार टोलीको नेतृत्व मन्त्री स्वयंले गर्दैछन्।
इजरायलमा रहेका नेपाली नागरिकले व्यवसायिक उडान मार्फत् नेपाल आउन चाहे त्यसको भाडा नेपाल सरकारले व्यहोर्ने निर्णय समेत गरेको छ ।
मन्त्रिपरिषद् बैठकले नेपाल आउन चाहने नेपालीहरूलाई लिन नेपाल एयरलाइन्समा परराष्ट्रमन्त्रीलाई पठाउने निर्णय गरेको थियो । नेपालीहरुलाई लिन नेपाली विमान त्यसतर्फ लागेको छ । नेपाल सरकारका अनुसार पहिलो चरणमा नेपाल आउन चाहनेमध्ये सबैभन्दा बढी विद्यार्थीहरूलाई प्राथमिकतामा राखिनेछ । सरकारले इजरायलमा रहेका नेपाली नागरिकले व्यवसायिक उडान मार्फत् नेपाल आउन चाहे त्यसको भाडा नेपाल सरकारले व्यहोर्ने निर्णय समेत गरेको छ ।
परराष्ट्र मन्त्रालयले इजरायलस्थित नेपाली दूतावाससँग समन्वय गरी स्वदेश फर्किने नेपालीहरूको विवरण संकलन गरेको छ। हाल सम्म करिव ४ सयले दूतावास मार्फत देश फर्किन पाउँ भनि आवेदन दिएका छन् । तीमध्ये २ सय ८८ जना नेपाल फर्किने छन्।
इजरायलको प्यालेस्टाइन विद्रोही हमासको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको छ । भने चार जना घाइते भएका छन् । यस्तै एक जना अज्ञात रहेको बताइन्छ । घाइतेमध्ये दुई जना डिस्चार्ज भईसकेका छन् । नेपालीहरूको शव इजरायल सरकारको संरक्षणमा रहेको भन्दै हस्तान्तरण गरेपछि मात्रै उच्च प्राथमिकता साथ नेपाल ल्याउने जनाइएको छ ।
भर्खरै
उद्योगका विद्युत लाइन जोडिँदै
लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान हुने
धान कुटाउन गएकी किशोरीको हत्या
आज विजया दशमी, टीका र जमरा लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटमा
सबै अधिकार सहितको नागरिकताको निरन्तरताका लागि प्रधानमन्त्री ओलीको प्रतिवद्धता
टेक्सस र क्यालिर्फोनियामा महाबाणिज्यदूतावास खोल्न प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको ध्यानाकर्षण
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं