इजरायलमा जारी युद्धमा परेका नेपालीहरुले यथासीघ्र देश फर्किन पाउँ भनि सरकारसँग आग्रह गरेका छन् । इजरायलबाट नेपाल फर्किनका लागि दुई सय जनाभन्दा बढीले आवेदन दिएको त्यहाँ स्थित नेपाली दूतावासले जानकारी दिएको छ ।
तेलअविवस्थित नेपाली दूतावासले सोमबार साँझसम्म दुई सयभन्दा बढीले आवेदन दिएको जानकारी गराएको छ । शनिबार सम्म प्यालेस्टाइन विद्रोही हमासको आक्रमणमा परी दस जना नेपालीको मृत्यु भईसकेको छ । हाल सम्म लर्न एन्ड अर्न कार्यक्रम अन्तर्गत इजरायल पुगेका नेपाली विद्यार्थीहरू बसेको कृषि फार्ममा विद्रोही आक्रमणबाट चार जना घाइते भएका छन्।
यता नेपाल सरकारले दूतावासमार्फत् नेपालीहरूलाई नेपाल फर्काउने तयारी गरिरहेको जानकारी गराएको छ । तेल अविवस्थित नेपाली दूतावासले उद्धार तथा स्वदेश फर्किन चाहनेहरुका लागि अनलाइन मार्फत रजिष्ट्रेशन समेत शुरु गरेको छ । दूतावासले सामाजिक सञ्जाल र वेवसाइटमार्फत् त्यहाँ रहेका नेपालीहरूलाई स्वदेश फर्काउनका लागि विवरण संकलन सुरु गरेको हो।
इजरायलस्थित दूतावासले भनेको छ, ‘स्वदेश फर्किन चाहने नेपाली नागरिकहरूले दूतावासको वेवसाइटमा राखिएको लिंकमा क्लिक गरी रजिष्ट्रेशन गर्नुहुन हामी सार्वजनिक आह्वान गर्दछौं ।’
भर्खरै
मदिरा सेवन संस्थाको पैसाबाट गरिएको थिएन : गैरआवासीय नेपाली संघ
नेपाली समाज टेक्ससको अध्यक्षमा पुनः वाग्ले
आरके समुहद्धारा एनआरएनएको पुनः निर्वाचन गर्न माग
जाजरकोट र रुकुम पश्चिममा एनआरएनएको राहत
एनआरएनएमा पौडेललाई Keshab हुनुपर्नेमा Keshav भयो भनरे फेरि जिताइयो
‘प्रवासमा नेपाली पत्रकारिता र सञ्चार क्षेत्रका अपेक्षा’
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं