१९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वाटरफाइनलबाट बाहिरिएको छ । झेजिङ युनिर्भसिटी कलेज अफ टेक्नोलोजी फिल्डमा सम्पन्न खेलमा भारतसँग २३ रनले पराजित भएसँगै नेपाल बाहिरिएको हो ।
भारतले दिएको २०३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७९ रन बनायो । नेपालका दीपेन्द्रसिंह ऐरीले १५ बलमा ४ छक्कासहित सर्वाधिक ३२ रनको योगदान दिए । यस्तै, सन्दीप जोरा १२ बलमा १ चौका र ३ छक्कासहित २९ रनमा आउट भए ।
कुशल मल्लले २२ बलमा २९ रन जोड्दा कुशल भुर्तेलले ३२ बलमा ४ चौका र १ छक्कासहित २८ रन जोडे । करण केसी १३ बलमा १ चौका र २ छक्कासहित १८ रनमा नटआउट रहे । भारतका लागि रवि विश्रोई र आवेश खानले ले ३–३, अर्शदीप सिंहले २ तथा शाई किशोरले १ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०२ रन जोडेको थियो ।
भारतका यसस्वी जैसवालले शतकीय इंनिङ्स खेले । उनले ४९ बलमा १०० रन जोडे । यस्तै, रुतुराज गायकवाडले २५ रन बनाए भने रिंकु सिंहले १५ बलमा ३७ रन बनाए ।
नेपालका दीपेन्द्रसिंह ऐरीले दुई तथा सोमपाल कामी र सन्दीप लामिछानेले एक–एक विकेट लिए । भारतले अब बुधबार हुने बंगलादेश र मलेसियाबीचको विजेतासँग शुक्रबार सेमिफाइनल खेल्नेछ ।
भर्खरै
इटहरी गोल्डकप : त्रिभुवन आर्मी फाइनलमा
खेल क्षेत्रमा राजनीतिकरण बन्द गरौँ : खेलकुदमन्त्री श्रेष्ठ
बेगनास तालमा राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगिता सुुरु
आइसिसी अध्यक्ष नेपालमा : क्रिकेट विकासमा सहयोग गर्ने प्रतिबद्धता
चौध वर्षपछि एनआरटीले जित्यो बुढासुब्बा गोल्डकप उपाधि
बुढासुब्बा गोल्डकप : मोरङ फाइनलमा
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं