नेपाली समाज टेक्सासले भोली शनिवार आफ्नो २५ औं बार्षिकोत्सव बिविध कार्यक्रम गरी मनाउँदैछ । टेक्सासस्थित पशुपतिनाथ मन्दिर प्राङगणमा एनएसटीले २५ औं बार्षिकोत्सव भब्य कार्यक्रम गरी मनाउन लागेको हो ।
टेक्सास क्षेत्रको अग्रणी सामाजिक संस्था एनएसटीले भोली बिहान ठिक १० बजेदखी बिभिन्न कार्यक्रम गर्नेछ । संस्थाका अध्यक्ष राजेन्द्र वाग्लेका अनुसार बिहान १० बजेदखी १२ बजे सम्म बिविध साँस्कृति कार्यक्रम हुनेछ । यस्तै संस्थाको बृहत्तर हितमा काम गरिसकेकाहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ ।
त्यसबीचमा एनएसटीले संचालन गरेका बिभिन्न कक्षाका शिक्षकहरुलाई समेत सम्मान गर्ने कार्यक्रम राखिएको छ । भने स्थानिय मगर समुदायले बिशेष साँस्कृतिक कार्यक्रम देखाउने जनाइएको छ । यसैगरी संस्थाका पूर्वअध्यक्षहरुको हातबाट संस्थाको गतिविधि समेटिएको पुस्तक समेत बिमोचन गर्ने कार्यक्रम छ ।
संस्थाका कार्यसमिति सदस्य बिजय भुसालले ठिक १२:३० बजे बजे साँस्कृतिक झाँकी शुरु हुने जानकारी दिएका छन् । झाँकीमा स्थानिय संघ सस्थाका प्रतिनिधि तथा नेपाली समुदायका मानिसहरु बिभिन्न भेषभुषामा सहभागि हुनेछन् ।
२ बजे सम्म जारी रहने झाँकीपछी २:३० बजे बजेबाट अनेसास डालससँगको सहकार्यमा गजल महफिल हुनेछ । कार्यक्रममा स्थानिय मेयर लगायत बिभिन्न विशिष्ठ व्यक्तित्वहरु सहभागि हुने जानकारी दिईएको छ ।
तल हेर्नुस कार्यतालिका ।
भर्खरै
आज विजया दशमी, टीका र जमरा लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटमा
सबै अधिकार सहितको नागरिकताको निरन्तरताका लागि प्रधानमन्त्री ओलीको प्रतिवद्धता
टेक्सस र क्यालिर्फोनियामा महाबाणिज्यदूतावास खोल्न प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको ध्यानाकर्षण
जय नेपाल अन्तर्राष्ट्रिय फाउन्डेसन न्यु ह्याम्पसायर अध्यक्षमा पवन पौडेल
नेपाली नागरिकताको निरन्तरताको बिपक्षमा एनआरएनए अमेरिका अध्यक्ष बन्जाडे
नेपाली नागरिकताको निरन्तरता अभियानले विश्वभरबाट हस्ताक्षर संकलन गर्ने
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं