गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको आसन्न निर्वाचनमा वर्तमान कार्यसमिति सचिव राजन त्रिपाठी उपाध्यक्ष उम्मेदवार पक्का भएका छन् । अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका महेश श्रेष्ठको टिमबाट त्रिपाठीले उपाध्यक्षको टिकट पक्का गरेका हुन् ।
वर्तमान सचिव त्रिपाठी यसअघिनै उपाध्यक्षमा उठने बताउँदै आएका थिए । तर श्रेष्ठ समुहबाट हालका कोषाध्यक्ष सुनिल शाह या त्रिपाठी मध्ये एकले उपाध्यक्षमा टिकट पाउने सम्भावना थियो ।
एक कार्यकाल अन्तर्राष्ट्रिय समन्वय परिषदको सचिव रहेर काम गरिसकेका त्रिपाठीले न्यूजपालीसँग भने, म समग्र प्रवासी नेपालीको हक हित र संस्थाको संस्थागत बिकासका लागि काम गर्नेछु । अमेरिकाज क्षेत्रको क्षेत्रिय संयोजक (आरसी) तथा आइसीसी सदस्य समेत भएर काम गरिसकेका त्रिपाठी नेपाली कांग्रेस निकट मानिन्छन् ।
श्रोतका अनुसार श्रेष्ठको टिमबाट त्रिपाठीले उपाध्यक्षमा टिकट हात पारेपछि सुनिल शाहलाई पुन कोषाध्यक्षमा उम्मेदवारी दिन आग्रह गरिएको छ । तर उनि श्रेष्ठको समुहबाट उपाध्यक्षमा टिकट नपाएमा बद्रि केसीको टिमबाट चुनाव लड्ने पक्का छ । एनसीसी अमेरिकाको अध्यक्ष रहिसकेका शाह, श्रेष्ठ समुहबाट उपाध्यक्षमा चुनाव लड्न चाहन्थे ।
भर्खरै
मदिरा सेवन संस्थाको पैसाबाट गरिएको थिएन : गैरआवासीय नेपाली संघ
नेपाली समाज टेक्ससको अध्यक्षमा पुनः वाग्ले
आरके समुहद्धारा एनआरएनएको पुनः निर्वाचन गर्न माग
जाजरकोट र रुकुम पश्चिममा एनआरएनएको राहत
एनआरएनएमा पौडेललाई Keshab हुनुपर्नेमा Keshav भयो भनरे फेरि जिताइयो
‘प्रवासमा नेपाली पत्रकारिता र सञ्चार क्षेत्रका अपेक्षा’
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं