अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सको तथ्यांक अनुसार ११ महिनामा डाइभर्सिटी भिसा पाउने नेपालीहरुको संख्या ३ हजार २ सय ६५ रहेको छ । सेप्टेम्बरको पहिलो सातासम्म उपलब्ध भिसाहरू जारी गरेको भन्दै, त्यसपछिका डाइभर्सिटी भिसाका अन्तरवार्ताहरु रद्द गरिएको छ। तर सेप्टेम्बर पहिलो साता सम्म कति नेपालीले डाइभर्सिटी भिसा पाए भन्नेबारे खुलाईएको छैन् ।
कन्सुलर अफेयर्सका अनुसार आर्थिक बर्ष २०२३ का लागि डिभी मार्फत ५४ हजार ८ सय ३३ भिसाहरु उपलब्ध रहेकोमा सेप्टेम्बर ५ सम्म ५४ हजार भिसाहरु जारी भइसकेका छन् । अमेरिकी अध्यागमन कानून अन्तर्गत कुनै पनि एउटा देशले एक आर्थिक वर्षमा उपलब्ध भिसा संख्याको सात प्रतिशत भन्दा बढी प्राप्त गर्न नसक्ने प्रावधान छ ।
गत अक्टोबरबाट सुरु आर्थिक बर्ष २०२३ मा डिसेम्बर, जनवरी र फेब्रुवरीमा ७ सय ५७ जनालाई डाइभर्सिटी भिसा प्रदान गरिएको छ । डिसेम्बरबाट भिसा दिन सुरु गरिएकोमा डिसेम्बर महिनामा १ सय ३८ जना नेपालीले डाइभर्सिटी भिसा पाएका छन् । जनवरीमा ३ सय ३२ जनालाई डाइभर्सिटी भिसा दिइएको थियो भने फेब्रुवरीमा यो संख्या कम देखिन्छ । उक्त महिना २ सय ८७ जना नेपालीहरुलेमात्र डाइभर्सिटी भिसा पाएका छन् ।
भर्खरै
मानव तस्करीको आशंकामा फ्रान्समा रोकिएको बिमानलाई पुन: भारत फकाईयो
‘मानव तस्करी’ को आशङ्कामा भारतीय विमान, फ्रान्समा अवतरण
११ महिनामा डाइभर्सिटी भिसा पाउने नेपालीको संख्या ३ हजार २ सय ६५
राज्यविहीन आप्रवासीलाई अध्यागमन सुविधा दिन अमेरिकी सरकारबाट निर्देशिका
२०२४ का डिभी विजेतालाई अक्टोबरदेखि भिसा
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं