पाकिस्तानमा भएको एक भीषण आत्मघाती विस्फोटमा ५२ जना मारिएको खबर छ । यो विस्फोट शुक्रवार बलोचिस्तान प्रान्तमा एक मस्जिद नजिकै भएको हो जहाँ मानिसहरू पैगम्बर मुहम्मदको जयन्ती मनाउन जम्मा भएका थिए ।
प्रहरीलाई मस्तुङ सहरमा धार्मिक भीडलाई निशाना बनाउनका लागि यो आत्मघाती हमला गरेको हुनसक्ने आशङ्का छ ।
जिल्ला स्वास्थ्य अधिकारी मस्तुंग रशीद मुहम्मद सईदले मस्तुङ जिल्लामा अल फलाह रोडस्थित मदिना मस्जिद नजिकै भएको विस्फोटमा कम्तीमा ५२ जना मारिएका छन् र दर्जनौँ घाइते भएका छन् ।
मृत्यु हुनेमा डिएसपी नवाज गशगुरी पनि छन् । मस्तुङका सहायक आयुक्त अत्ता अल-मुनैमका अनुसार सहरको मदिना मस्जिद नजिकै इद अल–मिलाद अल–नबी मनाउन मानिसहरू भेला भइरहेका बेला विस्फोट भएको थियो ।
घाइतेलाई दुई अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । मस्तुङ शाहका दुई प्रहरी अधिकारीले मृत्यु हुनेको सङ्ख्या बीबीसी समाचारलाई पुष्टि गरेका छन् ।
गृहमन्त्री सरफराज बुग्तीले विस्फोटलाई ‘घृणित कार्य’ भनेका छन् । सामाजिक सञ्जालमा उपलब्ध धेरै भिडियोमा उद्धारकर्मी र स्थानीयवासीले घाइतेलाई बचाउने प्रयास गरिरहेको देखिन्छ । यस आक्रमणको अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन ।
पाकिस्तानमा तेहरिक-इ-तालिबान समूहले आतंकवादी गतिविधि गर्दै आएका छन् । तर, यो समूहले हालको घटनामा आफ्नो कुनै संलग्नता नभएको बताएको छ । तालिबानले पनि मस्जिद बाहिरको आक्रमणको निन्दा गर्दै यो घटनालाई दु:खद् खबर भनेको छ ।
तेहरिक-इ-तालिबानले आफ्नो समूहले मस्जिद, विद्यालय, सार्वजनिक कार्यक्रम र गोष्ठीमा कहिल्यै आक्रमण नगर्ने उक्त समूहका प्रवक्ता मुहम्मद खुरासानीले बताएका छन् ।
भर्खरै
अस्ट्रेलियामा आँधीका कारण सात सय जना अलपत्र
नाइजेरियामा बन्दुकधारीद्वारा ८७ जना अपहरण
सबैभन्दा तातो दशकपछि पृथ्वी सङ्कटको सङ्घारमा रहेको राष्ट्रसङ्घको चेतावनी
‘मानव तस्करी’ को आशङ्कामा भारतीय विमान, फ्रान्समा अवतरण
प्रतिस्पर्धी अरब अर्थतन्त्रमा युएई पहिलो स्थानमा
नेपाली समाज टेक्ससको अध्यक्षमा पुनः वाग्ले
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं