काठमाडौ । नेपाली कांग्रेसले संसदमा पेस गरिएको शिक्षा सम्बन्धी विधेयक परिमार्जन गर्न प्रतिबद्धता जनाएको छ । सरोकार वालाहरुसँगको छलफलमा कांग्रेसले ६ बुँदे सहमति सहित शिक्षकहरुको मागलाई सम्बोधन हुने गरी विधेयक परिमार्जन गर्न प्रतिबद्धता जनाएको हो ।
छलफलमा विभिन्न २० वटा संघ संस्थाहरुले आफूहरुको माग सम्बोधन हुनेगरी विधेयक परिमार्जन गर्न कांग्रेस नेताहरुको ध्यानाकर्षण गराएका थिए । पार्टीको तर्फबाट सरोकारवाला निकायका मागलाई सम्बोधन हुनेगरी विधेयक परिमार्जन गर्न प्रतिबद्धता जनाइएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन् ।
प्रमुख सचेतक लेखकले भने, शिक्षाको क्षेत्रमा काम गरिराखेका २० वटा संस्थाका धारणाहरु सुन्ने अवसर हामीले प्राप्त गरेका छौं, र भोलि १ बजे हामी विशेषज्ञहरुसँग बसेर छलफल गर्छौं । सरोकारवाला निकायहरुले भने राहत शिक्षक र बाल विकासका शिक्षकहरुको माग पनि सम्बोधन हुने गरी विधेयक संसदबाट पारित गराउन कांग्रेस नेतृत्वलाई सचेत गराएका हुन । सबै शिक्षकहरुले फेरि आन्दोलन गर्नु नपर्ने गरी विधेयक संशोधन गर्न नेताहरुको ध्यानाकर्षण गराइएको नेपाल शिक्षक राष्ट्रिय महासंघकी अध्यक्ष कमला तुलाधरले जानकारी दिएकी छन् ।
भर्खरै
इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बागचन्द मुख्य न्यायाधीशमा नियुक्त, ३५ जिल्ला न्यायाधीश सिफारिस
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा प्रधानमन्त्री : ओली
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं