‘नागरिकता विधेयक प्रमाणीकरण गर्न पाउँदा खुसी छु’: राष्ट्रपति

‘नागरिकता विधेयक प्रमाणीकरण गर्न पाउँदा खुसी छु’: राष्ट्रपति

ram-chandra

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता लिनबाट वञ्चित नेपाली बाबु-आमाका सन्तानलाई सम्मानित नागरिक बनाउने नागरिकता विधेयकको प्रमाणीकरण गर्ने अवसर पाउनु आफ्ना लागि अविस्मरणीय रहेको बताएका छन् ।

जनकपुरमा सोमबार आयोजित नागरिक अभिनन्दन तथा महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रको भवन उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् ।

‘देशको कुनै जायज नागरिक नागरिकताविहीन नरहून् र देशको प्रत्येक नागरिकमा भेदभावरहित रुपले स्वतन्त्रता, समानता र वन्धुत्वको अनुभूति गराउने कानुनी राज्य र सामाजिक न्यायको भौतिक सम्वृद्धिसँंगै साहित्य, कला, क्रिडा, ज्ञान विज्ञान तथा प्रविधि आदि सबै क्षेत्रमा विश्वका सबै समुन्नत राष्ट्रसँंग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा पुगौं भन्ने चाहना प्रत्येक नेपालीको हो’, उनले भने, ‘नागरिकता लिनबाट वञ्चित नेपाली बाबु–आमाका सन्तानलाई सम्मानित नागरिक बनाउने नागरिकता विधेयकको प्रमाणीकरण गर्ने अवसर पाउनु मेरा लागि अविस्मरणीय रहनेछ ।’

राष्ट्रपति पौडेलले नेपालको राष्ट्रिय एकताको चुरो मधेशमा रहेको भन्नेमा आफू सधैँ दृढ रहेको बताए । उनले भने, ‘राष्ट्रिय एकता र रुपान्तरणमा मधेसको सबल भूमिका रहंँदै आएको छ र सँंधै रहने कुरामा म विश्वस्त छु नेपालको लोकतान्त्रिक आन्दोलनका सैद्धान्तिक प्रणेता बीपी कोइरालाले भने झैं म नेपालको राष्ट्रियताको चुरो नै मधेसमा रहेको छ भन्नेमा सँंधै दृढ छु ।

उनले समथर फाँंट रहेको अन्नभण्डार मधेस प्रदेशको समग्र विकास, उन्नति र राजकीय सत्तामा समाहित हुने समान अवसरलेमात्रै नेपालको समग्र समृद्धि र राष्ट्रिय एकता सुदृढ हुने आफ्नो सँंधैको अटल विश्वास रहेको स्पष्ट पारे । ‘व्यक्तिगत स्वार्थभन्दा राष्ट्रिय स्वार्थ महान हो भन्ने आत्मवोधअनुकुलको वैयक्तिक चेतनाको संस्कार विकास नै सम्पूर्ण रुपान्तरणको प्रस्थान विन्दु हो’, राष्ट्रपति पौडेलले भने ।

राष्ट्रपति पौडेलले हाम्रो स्रोत र साधनको उचित र उच्चतम् प्रयोग गरी हामी सबैले एकजुट भएर सामुहिक प्रयास गर्यौ भने जतिसुकै चनौतीपूर्ण भए पनि हाम्रो सपना चाँंडै विपनामा परिणत हुने बताए ।

समग्र नेपाललाई खाद्यन्न आपूर्ति गर्ने अन्नभण्डारको उर्वर भूमि सिंचाईको बाँंझो देखेर आफ्नो हृदय छियाछिया हुने गरेको प्रसंग उल्लेख गर्दै उनले त्यही भएर सरकारमा रहँंदा होस् या संसदमा समग्र मधेसको आधा हिस्सा सिञ्चित गर्न सकिने सुनकोशी–मरिन डाईभर्सनको लागि आवाज उठाउँंदै आएको बताए ।

‘आज त्यो सफलतातर्फ उन्मुख हुँंदा म खुसीले गद्गद् भएको छु । अब बाँंकी हिस्साको सिञ्चाईका लागि सुनकोशी–तावा–कमला डाइभर्सनको काम थालिहाल्नुपर्छ भन्ने मेरो धारणा छ । यहाँं सिंचाईको सुप्रबन्ध गरेर कृषिको आधुनिकीकरणमार्फत कृषि क्रान्ति गर्ने हो भने मधेसले खाद्यान्न आपूर्तिमा सिंगो नेपाललाई एकैसाथ काँंध हाल्न सक्छ भन्नेमा मलाई कुनै शंका छैन’, राष्ट्रपति पौडेलले भने ।

सो समारोहमा मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले प्रदेशलाई अधिकार नदिएको गुनासो गरेपछि राष्ट्रपति पौडेलले प्रदेशलाई अधिकार दिन नेताहरूले कन्जुस्याई गरेको धारणा राखे । उनले दिल खोलेर जनतालाई अधिकार दिन तीन मुख्य दलका तीन नेतालाई आग्रह गरे।

राष्ट्रपति पौडेलले भने, ‘हामीले संघीयता तल्ला तहलाई अधिकार दिन ल्याएको हो, तर भन्नैपर्छ अधिकार दिन कञ्जुस्याई भएकै हो, अब म तीन दलका प्रमुख नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालको अध्यक्ष केपी ओलीलाई बोलाएरै भन्छु, यो जनताको आवाज हो जनतलाई अधिकार दिल खोलेर दिनुपर्छ ।’

उनले सबै जातजाति, वर्ग, समुदायको समानरुपले सम्मान हुनसकेमात्रै देशलाई एकताको सुत्रमा बाँध्न सकिने धारणा राखे । उनले अभाव र समस्यामा राष्ट्रियताको जगेर्ना हुन सक्दैन भन्दै हामीले समग्र देशको समृद्धिका लागि हिमाल, पहाड र तराई मधेसको सन्तुलित र समग्र विकासमा अबको ध्यान केन्द्रित गर्न ढिला गर्न नहुने धारणा व्यक्त गरे ।

उनले भने, ‘मधेस प्रदेशअन्तर्गत रहेको भोजपुरा क्षेत्रको सभ्यता, भाषा, साहित्य, संस्कृति र कलाको गौरवमय, सुदीर्घ परम्परा रहेको छ । इस्लामी तहजीब र असनमा हामीलाई गर्व छ । धनुषाको जानकी मन्दिर, महोत्तरीको जलेश्वरनाथ र मटिहानी मठ र रेजा मजार, सप्तरीको सखडा भगवती मन्दिर, सिरहाको सलहेस फुलवारी, रौतहटको वीरभूमि समनपुर, सर्लाहीको नारीमन ताल, बाराको गढीमाइ मन्दिर र सिम्रौनगढ, पर्साको अलौ र राष्ट्रिय निकुञ्जआदि धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलहरू पर्यटकीय दृष्टिले महत्वपूर्ण हुन् । सबैको सहयोगले पर्यटन केन्द्रको रूपमा यी स्थलहरूको विकास हुनुपर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
08 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 08 Sep 2024 00:45 UTC
Latest change: 07 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
134.32
Indian Rupee 
Indian Rupee
83.91
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.48
Japanese Yen 
Japanese Yen
143.05
US Dollar 
US Dollar
1
08 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 08 Sep 2024 00:45 UTC
Latest change: 07 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀