गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी अक्टोवर १७ देखी २० तारिख सम्म हुने निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । दुईबर्षे कार्यकालका लागि हुने निर्वाचनमा अध्यक्ष सहितका ७४ जना उम्मेदवारहरु बिभिन्न पदमा सहभागिता जनाउन पाउने छन् ।
संघको बिधान अनुसार अध्यक्षमा १ जना, उपाध्यक्षमा ६, महिला उपाध्यक्षमा १, महासचिवमा १, उपमहासचिवमा २, सचिवमा ६, महिला सचिवमा १, कोषाध्यक्षमा १, सहकोषाध्यक्षमा १ जना गरी ७४ जना पदाधिकारी निर्वाचित हुनेछन् ।
प्रमुख निर्वाचन अधिकृत यादवप्रसाद ढुङगानाका अनुसार, अध्यक्षमा ५ लाख, उपाध्यक्षमा ३ लाख ५० हजार, महिला उपाध्यक्ष र युवा उपाध्यक्षमा १ लाख ७५ हजार र महासचिव पदमा उठ्न चाहनेले ३ लाख नेपाली रुपैंया दस्तुर तिर्नुपर्नेछ । निर्वाचनमा सहभागि हुनेले तोकिएको दस्तुर बैंकमा जम्मा गर्न सक्ने बताइएको छ ।
निर्वाचन अधिकृत ढुङगानाका अनुसार तोकिएको दिन सार्वजनिक बिदा परेपनि निर्वाचन कार्यतालिकामा भने कुनै फेरबदल हुनेछैन् । निर्वाचनमा सहभागि हुने उम्मेदवारले बिद्युतिय माध्यमबाट या संघको काठमाण्डौंस्थित कार्यालयमा भौतिक रुपमा उपस्थित भएर उम्मेदवारी दर्ता गर्न सक्ने छन् । भने निर्वाचनमा सहभागि हुने उम्मेदवारका दुई जना समर्थक र दुई जना प्रस्तावक निर्वाचनका दिन भौतिक रुपमा उपस्थित हुनुपर्ने प्रावधान छ ।
निर्वाचन समितिले सेप्टेम्वर २९ तारिख साँझ ५ बजे अन्तिम नामावली प्रकाशित गर्ने जानकारी दिएको छ । निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरिसक्दा समेत अमेरिकाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुको नामावली भने सार्वजनिक गरिएको छैन् । अमेरिकाबाट सहभागि हुने प्रतिनिधिहरुको नाम संघको आधिकारिक वेबसाइडमा अपडेट छैन् ।पढ्नुस निर्वाचन कार्यतालिकाको पूर्ण विवरण ।
भर्खरै
मदिरा सेवन संस्थाको पैसाबाट गरिएको थिएन : गैरआवासीय नेपाली संघ
नेपाली समाज टेक्ससको अध्यक्षमा पुनः वाग्ले
आरके समुहद्धारा एनआरएनएको पुनः निर्वाचन गर्न माग
जाजरकोट र रुकुम पश्चिममा एनआरएनएको राहत
एनआरएनएमा पौडेललाई Keshab हुनुपर्नेमा Keshav भयो भनरे फेरि जिताइयो
‘प्रवासमा नेपाली पत्रकारिता र सञ्चार क्षेत्रका अपेक्षा’
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं