पोखराको चर्चित डि–मर्चा व्याण्डले भ्रष्टाचार विरोधी गीत बजारमा ल्याएको छ । डि–मर्चाले ‘भ्रष्टाचारीलाई किरा परोस्’ बोलको गीत ल्याएको हो । हालसालै मात्र रेकर्ड भएको सो गीतको भिडियो डि–मर्चाले बुधबार यूट्यूवमार्फत सार्वजनिक गरेको छ ।
डि–मर्चाको यो गीतको भोकलमा भाष्करध्वज श्रेष्ठ, बेस गिटारमा बिरेन्द्र पुन, लिड गिटारमा रोहित रञ्जित र ड्रममा कुशल गुरुङ रहेका छन् । बिरेन्द्र पुनको परिकल्पनामा भएको गीतको लेखन रोसन भट्टराईले गरेका हुन् । गीतको भिडियोको निर्देशन लिड गिटारिष्ट रोहित रञ्जितले गरेका छन् भने गीतमा दाह्री ग्याङका सदस्यहरुको अभिनय रहेको व्याण्डका भोकलिष्ट भाष्करध्वज श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठले भ्रष्टाचारले देश थिलथिलो भएकाले त्यसबिरुद्ध जागरुक बनाउन गीतमार्फत सन्देश दिने उद्देश्यले गीत बनाएको बताए । ‘भ्रष्टाचार मुक्त समाज बनाउने । भ्रष्टाचार गर्नेलाईपनि अबदेखि भ्रष्टाचार गर्न हुन्न भन्ने बनाउने सन्देश दिनू गीतको मूल उद्देश्य हो’–उनले भने ।
गीतका परिकल्पनाकार बिरेन्द्र पुनले भ्रष्टाचारले युवा देशमा बस्न सक्ने स्थिति नरहेकाले त्यसबिरुद्ध जनमत बनाउने आफूहरुको उद्देश्य रहेको बताए । शुरुमा हामीले ‘जनताको समस्या’ गीतमार्फत जनताको समस्याहरु उजागर ग¥यौं,उनले भने,‘त्यसपछि ‘नेताज्यू नमस्कार’ गीतमार्फत हामीले समस्या समाधानका लागि सरकार र नेताहरुलाई आग्रह ग¥यौं । तर समस्या समाधान हुनुको सट्टा झन् विकराल बन्दै गएकाले ‘भ्रष्टाचारीलाई किरा परोस्’ भनेर भ्रष्टाचार नगर्न खबरदारी गरेका हौं ।’
भर्खरै
कृपाको चिसो बतास बजारमा
गीतकार शिव पलाँसको नयाँ गीत ‘खोकी लाग्दा हर्रो’ सार्वजनिक
नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ११ देशका ३५ चलचित्र
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण
लोकजीवनका भाका सुसेल्ने वसन्त
पञ्चेबाजा बजाउने बागलुङका आमाहरू
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं