बिहिबार, ४ असाेज २०८०
जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवामा अनिश्चितकालीन कर्फ्यू जारी गरेको छ । गणेशको मूर्ति सेलाउन जाने क्रममा दुई समुदायबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन बिहिवार राती १० बजेदेखी लागु हुनेगरी अनिश्चितकालीन कर्फयु जारी गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन् ।
साँझ भएको झडपमा आधा दर्जन घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले ३ सेल अश्रुग्याँस प्रहार गरेको थियो । आदेशको उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले आवश्यकता अनुसार बल प्रयोग गरी कानुनबमोजिम कारबाहीसमेत गरिने आदेशमा लेखिएको छ । डेढ साताअघि पनि दुई समुदायबीच झडपले उग्ररुप लिएपछि मलंगवामा कर्फ्यु लगाइएको थियो ।
भर्खरै
बागचन्द मुख्य न्यायाधीशमा नियुक्त, ३५ जिल्ला न्यायाधीश सिफारिस
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा प्रधानमन्त्री : ओली
विपद्का बेला सक्रियता बढाउन गृहमन्त्री लेखकको निर्देशन
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं