शेखर, सुजाता र शशांकले भने- ‘१४ मा छुट्टिँदा दुःख पाइयो, १५ औं महाधिवेशनमा एक हुन्छौं’ [भिडियोसहित]

कोइराला परिवार

शेखर, सुजाता र शशांकले भने- ‘१४ मा छुट्टिँदा दुःख पाइयो, १५ औं महाधिवेशनमा एक हुन्छौं’ [भिडियोसहित]

शशांकले भने- सभापतिमा म नै उपयुक्त, शेखर भन्छन्ः तपाईंहरूले साथ दिएको भए, यस्तो हालत हुँदैनथ्यो

3 koirala

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीको १४औँ महाधिवेशनमा परिवारका अन्य सदस्यहरूले सहयोग गरेको भए अहिलेको परिणाम नआउने बताएका छन् ।

कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित बीपी साहित्य महोत्सवको तेश्रो दिनको कार्यक्रममा ‘परिवारले बुझेको बीपी’ विषयक अन्तरसंवादमा कोइरालाले यस्तो बताएका हुन् । ०७८ को १४ औं महाधिवेशनमा शेखर, सुजाता र शशांक एकजुट भएका थिएनन्।

शेखर सभापति पदमा उठे पनि शेरबहादुर देउवासँग पराजित भए। सुजाता प्रकाशमान सिंह प्यानलबाट उपसभापति उठे पनि पराजित भइन्।महामन्त्री भइसकेका शशांक केन्द्रीय सदस्य मात्रै उठेर लोकप्रिय मतसहित जिते। दाजु शेखर सभापति उठे पनि उनका पक्षमा शशांक खुलेका थिएनन् न त उपसभापति उठेकी सुजाताकै पक्षमा खुले, उनी मौन बसिदिए।

कोइराला परिवारका सदस्यहरू एकै ठाउँमा उभिने परिस्थिति नआएसम्म कार्यकर्ताहरूले दुःख पाइरहने शेखरको दाबी छ । उनले पार्टीको नेतृत्व लिने कुरा सबै परिवारकै सदस्यमा मात्र भर नपर्ने भन्दै देशभरका कार्यकर्ताको भावना र सुझाव बमोजिम नै आफूले पार्टीको १४औँ महाधिवेशनमा प्रतिष्पर्धा गरेर सम्मान पाएको बताए ।

उनले भने, ‘मैले पाउने सम्मान पाएकै छु । तर, महाधिवेशनमा तपाईंहरूले साथ दिएको भए, यस्तो हालत हुँदैनथ्यो । पार्टी मिलाउने कुरा परिवारका सदस्य मिलाए जस्तो सजिलो हुन्न रहेछ ।’ नेता कोइरालाले आफूहरू कोइराला परिवारका सदस्यहरूलाई सधैँ साथमा लिएर हिँड्न चाहेको भन्दै आगामी दिनमा मिलेरै जाने भनेर डा. शशांक र सुजाता कोइरालाले भनेको कुरामा आफू विश्वस्त भएको बताए ।

शशांकले भने- सभापतिमा म नै उपयुक्त

नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा बीपी पुत्र डा. शशांक कोइरालाले पार्टीका कार्यकर्ताहरूको सुझाव बमोजिम आफू चल्ने गरेको भन्दै १४औँ महाधिवेसनमै आफू सभापतिमा उम्मेदवार बन्न खोजेको बताए । आफू १५औँ महाधिवेशनमा समेत सभापतिको आकांक्षी रहेको उनको भनाइ छ ।

‘बीपीले भन्नुहुन्थ्यो, यो प्रधानमन्त्री पद भनेको त फाटेको जुत्ता जस्तै हो, जो यो पदमा आउँछ र बस्छ । बीपी सफल हुनुका कारण जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुहुन्थ्यो । बीपीपछि सफल प्रधानमन्त्री भनेको गिरिजाप्रसाद कोइराला नै हो,’ शशांकले भने, ‘सात हजार कीमी बाटो थियो, अहिले १ लाख किलोमिटर भयो । हात हातमा मोबाइल आयो, यो सब गिरिजाप्रसाद कोइरालाको देन हो ।’

उनले कोइराला परिवारका सदस्यहरुको स्मरण शक्ति निकै राम्रो भएको दाबी गर्दै बीपी कोइरालाले कार्यकर्ताहरूलाई धेरै माया गर्ने गरेको स्मरण गरे । अहिलेका नेताहरूले कार्यकर्ताको दुःख बुझ्न नसकेको शशांकको भनाइ छ ।

सुजाताले अब आउने महाधिवेशनमा एक भएर अघि बढ्ने बताइन्। ‘अबको महाधिवेशनमा हामी एक हुन्छौं, हामी एक नहुँदा पार्टीको दुर्दशा त देखिइहाल्यो,’ उनले भनिन्, ‘कोइराला परिवारबाट कोही एक जनालाई सभापति बनाएर जाने हो भने म सहयोग गर्न तयार छु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
08 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 08 Sep 2024 00:45 UTC
Latest change: 07 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
134.32
Indian Rupee 
Indian Rupee
83.91
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.48
Japanese Yen 
Japanese Yen
143.05
US Dollar 
US Dollar
1
08 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 08 Sep 2024 00:45 UTC
Latest change: 07 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀