नेपालले सन् १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्रसंघको सदस्यता पाएको हो । सन् १९४९ मा सदस्यताका लागि आवेदन दिएको भएपनि तत्कालिन सोभियत संघका कारण नेपालले सदस्यता पाउन ६ बर्ष कुर्नु परेको थियो । सदस्यता प्राप्त गरेपछि तत्कालिन मेजर पदमबहादुर खत्रीले नेपालको प्रतिनित्व गर्दै महासभा बैठकमा पहिलो पटक सहभागिता जनाएका थिए । नेपालले कहिले प्रधानमन्त्री त कहिले परराष्ट्रमन्त्रीको नेतृत्वमा कुम्भ मेलाका रुपमा चिनिने महासभा बैठकमा आफ्नो प्रत्यक्ष सहभागिता जनाउँदै आफ्ना धारणा राख्ने गरेको छ ।
७८ औं महासभा बैठकमा सहभागि हुन यस पटक प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा एक टोली अमेरिकामा छ । प्रधानमन्त्री दाहालले हिजो मात्रै राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री दाहालसँगै राष्ट्रसंघ बैठकमा सहभागि हुन अमेरिका आएका परराष्ट्र मन्त्री एनपि साउदले उपमहासचिवसँग भेटघाट गरेका छन् ।
प्रधानमन्त्री दाहाल र गुटरेका बीच विश्व शान्ति, समृद्धि र बिकासका बारेमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । यसो त यस्ता भेटघाटलाई सामान्य मानिन्छ । राष्ट्रसंघका महासचिवले हरेक देशबाट आउने राष्ट्र प्रमुख या प्रधानमन्त्रीलाई भेट्ने चलन छ ।
यस्तै अमेरिकामा हुने यस कुम्भ भेलामा अमेरिकी राष्ट्रपतिले रात्री भोजको आयोजना गरि स्वागत गर्ने चलन छ । त्यसक्रममा मुस्किलले चिना परिचय हुन्छ । भने सामान्य हालचाल सोध्ने चलन छ । नेपालको प्रतिनित्व गर्ने व्यक्ति र अमेरिकी राष्ट्रपतिका बीच फोटो खिचिन्छ । त्यसलाई अमेरिकी राष्ट्रपति र नेपालका बीच भेटघाट भन्ने गरिन्छ । वास्तवमा त्यो औपचारिक भेटघाट मात्रै हो ।
शक्ति राष्ट्र अमेरिकाले नेपाल जस्ता तेश्रो मुलुकलाई सामान्य कुराकानीमै सिमित राख्ने गरेको छ भने केही शक्तिराष्ट्रहरुसँग भने साझेदारी तथा सहकार्यका लागि छलफल गर्ने गरेको छ । नेपालले हरेक सम्मेलनहरुमा राष्ट्रसंघले निर्धारण गरेको बिषयमा आफ्ना धारणा राख्ने गरेको छ । यस पटक प्रधानमन्त्री दाहालले शान्ति, समृद्धि र सबैको दिगोपनका निम्ति दिगो बिकासका लक्ष्य हाँसिल गर्ने बारेमा ऐक्यबद्धता जनाउँदै छन् । भने बिरालो बाँधेर श्राद्ध गरे जस्तै अमेरिकी राष्ट्रपतिसँग फोटो खिच्नेछन् । अझ भनौं अमेरिकी राष्ट्रपति र राष्ट्रसंघका महासचिवसँगको भेटमा हाइ हेलो गरि फोटो खिच्ने परम्परामै सिमित छ ।
राष्ट्रसंघको यस पटकको महासभा दिगो बिकास लक्ष्य एसडिजी र जलवायु परिर्वतनका बिषयमा केन्द्रित छ । त्यस क्रममा प्रधानमन्त्री दाहालले बिभिन्न देशका समकक्षीसँग भेटघाट गर्ने उनको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री दाहालले महासभाको उच्च स्तरिय शत्रलाई सम्बोधन गर्ने क्रममा अन्य बिषयलाई कसरी राख्छन त्यो भने केही दिन कुर्नु्पर्ने हुन्छ ।
लामो युद्धको नेतृत्व गरेका नेता, माओवादी अध्यक्ष तथा प्रधानमन्त्री दाहालले नेपालको बिकास र समृद्धिका लागि अन्तर्राष्ट्रिय निकायलाई कसरी सम्बोधन गर्छन्, नेपालको बिकासमा सहकार्य या सहयोगका लागि दातृ निकाय या सम्पन्न मुलुकसँग कसरी आग्रह गर्छन त्यो केही दिनमै थाहा हुनेछ । तिव्र बिकासको लक्ष्य हाँसिल गरिरहेका देशहरु भारत र चीनको बीचमा रहेको नेपालले अब बिकासको यात्रा तय गर्दा कसरी काम गर्नुपर्ने हो, त्यो बिषयमा कसरी बोल्छन भन्ने बारे नेपालको परराष्ट्र मन्त्रालय एकिनका साथ बोल्न सकेको छैन् ।
राष्ट्रसंघमा सहभागि विश्वभरका १ सय ९३ मुलुक मध्ये नेपालको हैसियत गरिब देशको सुचिमै छ भन्दा फरक नर्पला । पछिल्लो क्रममा राष्ट्रसंघमा नेपाल अल्पबिकसित देशबाट बिकासोन्मुख देशका रुपमा चिनिन्छ । तर नेपालको उपस्थिति मात्रै सहभागितामै सिमित छ । राष्ट्रसंघको महासभा बैठक, आफैमा प्रभावकारी मञ्च हो तर नेपाली टोलीले त्यसलाई फाइदाका रुपमा लिन भने सकेको छैन् ।
नेपालबाट आउने प्रधानमन्त्री या परराष्ट्रमन्त्री तथा अन्य सरकारी निकायका प्रतिनिधिहरु नेपाली समुदायकासँग भेट्ने, आफ्ना पार्टी निकटका मान्छेहरुसँग फोटा खिच्नेमै सिमित छ । नेपालको परराष्ट्र मन्त्रालयले प्रयाप्त होमवर्क गरि नेपालको उपस्थितिलाई प्रभावकारी बनाउन सकिरहेको छैन् । नेपालले उच्चस्तरिय बैठकमा दिईएको बिषयमा आफ्नो धारणा राख्ने र साइड लाइन बैठकहरुमा सामान्य छलफलमा सहभागि हुने परम्परागत सहभागिता मात्रै जनाउँदै आएको छ । राष्ट्रसंघको बैठकहरुमा नेपालबाट प्रधानमन्त्री, परराष्ट्रमन्त्री आउनु या सरकारको सचिव आउनुमा तात्तिक फरक देखिन्न् ।
राष्ट्रसंघको फोरममा माओवादीका अध्यक्ष समेत रहेका दाहालको यस पटकको भ्रमण अमेरिकाले माओवादीलाई आतंककारी सुचिबाट हटाएपछिको पहिलो औपचारिक भ्रमण हो । माओवादी अध्यक्ष दाहाल सन् २००८ मा प्रधानमन्त्रीकै हैसियतमा सहभागिता जनाएका थिए । त्यस बेला माओवादीलाई अमेरिकाले आतंककारी सुचिमै राखेको थियो ।
यसो त प्रधानमन्त्री दाहाललको यो चौथो भ्रमण हो । तीन पटक औपचारिक भ्रमणमा उनि अमेरिका आएका छन भने एक पटक पत्नी, स्वर्गिय सीता दाहालको उपचारका लागि सन् २०१९ मा अमेरिका आएका थिए । प्रधानमन्त्री दाहालले सन् २०११ मा दोश्रो पटक औपचारिक भ्रमणका लागि अमेरिका आएका थिए ।
हाल सम्मका छलफल तथा सहभागिता परम्परागत शैलीका मात्रै हुने गरेका छन् । नेपालले यो अन्तर्राष्ट्रिय फोरमलाई भरपुर सदुपयोग गरि जलबायु परिर्वतनका बिषयमा जोडका साथ उठाउनु पर्ने हो । तर त्यसो हुन सकिरहेको छैन् । यस्तै दिगो बिकासको लक्ष्य, गरिबि निवारण, लैङगिक समानता, शिक्षा र स्वास्थ्यमा सबैको पहुँचका बारेमा प्रयाप्त गृहकार्य गरेर आफ्ना धारणा पनि बनाउन सकिरहेको छैन् ।
पत्रकार किशोर पन्थीले प्रधानमन्त्री दाहालले यस पटकको भ्रमणलाई माओवादी अध्यक्ष प्रचण्डले माओवादीको छवि सुधारमा सक्दो फाइदा लिनुपर्ने धारणा राखेका छन् । उनले भने, प्रचण्डको यस पटकको भ्रमण माओवादीलाई आतंककारी सुचिबाट हटाएको पछिको पहिलो औपचारिक भ्रमण भएकाले उनले अन्तर्राष्ट्रिय जगतमा माओवादीको छबि सुधार र देशको समृद्धिका बारेमा पार्टीको धारणा राख्ने उर्पयुक्त अवसर भएको बताउँछन् । पन्थीले नेपाल हिमालहरुको देश भएकाले जलबायु परिर्वतन र दिगो बिकास लक्ष्यमा नेपालको अवस्थाका बारेमा जमेर बोल्नुपर्ने बताउँछन् ।
आर्थिक पत्रकार बिजय घिमिरेले रेमिट्यान्सले धानिएको नेपालको अर्थतन्त्र सुधारका लागि अन्तर्राष्ट्रिय जगतसँग बिकासको लक्ष्य पुरा गर्नका लागि सहयोग माग्नुपर्ने बताउँछन् । पत्रकार घिमिरेले भने, हामी गरिव मुलुकको सुचिमै छौं, अब नेपाल राजनीतिक कोर्ष पुरा गरि बिकासको यात्रामा छ, यस कारण प्रधानमन्त्री दाहालले आर्थिक सुधारका बारेमा धारणा राख्नुपर्ने बताउँछन् ।
हाल सम्मका छलफल तथा सहभागिता परम्परागत शैलीका मात्रै हुने गरेका छन् । नेपालले यो अन्तर्राष्ट्रिय फोरमलाई भरपुर सदुपयोग गरि जलबायु परिर्वतनका बिषयमा जोडका साथ उठाउनु पर्ने हो । तर त्यसो हुन सकिरहेको छैन् । यस्तै दिगो बिकासको लक्ष्य, गरिबि निवारण, लैङगिक समानता, शिक्षा र स्वास्थ्यमा सबैको पहुँचका बारेमा प्रयाप्त गृहकार्य गरेर आफ्ना धारणा पनि बनाउन सकिरहेको छैन् ।
यस्तै तेश्रो मुलुकका रुपमा चिनिने नेपाल लैङगिक समानतामा कहाँ छ, हाल सम्म के के प्रगती भए, के छ गर्नुपर्छ, भूकम्पले क्षति पूराएको अवस्थाबाट अहिले कुन अवस्थामा आई पुग्यो । पानीको खानीका रुपमा चिनिने नेपालको पिउने पानी कति प्रतिशत पिउन योग्य छ, कोरोना महामारीपछि ध्वस्त अर्थतन्त्रलाई कसरी सुधार गर्नुपर्ने हो जस्ता बिषयमा नेपालले दह्रो गरी धारणा राख्न सकेको देखिन्न् ।
राष्ट्रसंघमा नेपाललाई राम्रो भनेर हेरिने बिषय भनेको शान्ती मिसन मात्रै हो । नेपालले विश्व शान्तिका मिसनका लागि नेपालबाट पठाउने शान्ति सेनामा भने उत्कृष्ठ कार्य गर्दै आएको छ । नेपालले ग्लोबल पिसका लागि भने उत्कृष्ठ कार्य गरेको भनेर चिनिन्छ । अर्को तर्फ लामो युद्ध बिश्राम गर्नका लागि देशका राजनीतिक दलको आफ्नै गृहकार्य र आन्तरिक सहमतिमा युद्ध समाप्ती गरि माओवादी दलिय प्रतिस्पर्धामा आई मुलधारको राजनीतिमा सहभागि भएको बिषयमा भने नेपालले प्रशंसा बटुल्दै आएको छ ।
भर्खरै
आखिर मानिस किन बसाइँ सर्छ ?
तयारी खानेकुरा र स्वास्थ्यमा असर
पत्रकारको श्रमका पक्षपाति सुशील’दा
क्यान्सरको भय र भ्रम हटाउन जरुरी छ !
विश्वास गुमाउँदै एनआरएनए अमेरिका
मधेस आन्दोलन र सङ्घीयता
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं