शेखर कोइराला समूहको निष्कर्ष : सरकारको काम चित्तबुझ्दो छैन, विकल्प खोज्नुपर्छ

शेखर कोइराला समूहको निष्कर्ष : सरकारको काम चित्तबुझ्दो छैन, विकल्प खोज्नुपर्छ

विश्वप्रकाश र प्रदीप सहभागी भएनन्, मिनेन्द्र उपस्थित

shekhar-dhanaraj1695126579

नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षले वर्तमान सरकारले चित्तबुझ्दो काम गर्न नसकेको भन्दै विकल्प खोज्नुपर्ने निष्कर्ष निकालेको छ ।

केन्द्रीय कार्यसमिति बैठकको तयारीका सन्दर्भमा छलफल गर्न मंगलबार कोइरालाको बालुवाटारस्थित सम्पर्क कार्यालयमा बसेको भेलाले सरकारको काम चित्त बुझाउने खालको नभएको भन्दै केन्द्रीय समिति बैठकमा त्यसबारे कुरा उठाउने निर्णय गरेको हो ।

कोइरालानिकट केन्द्रीय सदस्य एवम् सांसद सञ्जयकुमार गौतमले वर्तमान सरकारप्रति चित्त बुझाउने आधारहरू नरहेको निष्कर्षमा पुगेको बताए । ‘सरकारका गतिविधिमा चित्त बुझाउने अवस्था छैन । सरकारमा हाम्रो नेतृत्वमा छैन, तर सरकारमा हाम्रो पार्टी पनि सहभागी छ, त्यसैले सरकारले गरेका कामलाई नजिकबाट निगरानी र नियन्त्रण हाम्रो दायित्व हो,’ उनले भने, ‘सरकारले जनताको दैनिकीलाई छुन सकेको छैन । सरकारका काम, सरकारले लिइरहेका निर्णयहरू ठीक छैनन् भन्ने हाम्रो निष्कर्ष छ । हामी यसबारे पार्टीको केन्द्रीय समिति बैठकमा कुरा उठाउँछौँ ।’

बैठकले पार्टीलाई अघिल्लो केन्द्रीय समिति बैठकले बनाएको कार्ययोजना र कार्यतालिका अनुरुप चलाउनुपर्नेमा जोड दिएको हो ।

‘सांगठनिक रूपमा कार्यतालिका र कार्ययोजनाअनुसार पार्टी अगाडि बढीरहेको छ । एक चरणको कार्यक्रम पूरा भइसकेको छ । अब यसको समीक्षा गर्नुपर्छ र कार्यतालिका र कार्ययोजनालाई निरन्तर रूपमा अगाडि बढाउनुपर्छ,’ बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता दिलेन्द्रप्रसाद बडूले भने, ‘त्यसले नै पार्टीलाई चलायमान बनाउँछ । सबै संरचनालाई चलायमान बनाउनुपर्छ त्यसलाई कुनै किसिमले अवरुद्ध गर्न दिनु हुँदैन ।’

गुटको बैठकमा नेता कोइरालासहित पार्टीका उपसभापति एवम् कानूनमन्त्री धनराज गुरूङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेसहित कोइराला समूहका नेता सहभागी थिए । बैठकमा नेता मिनेन्द्र रिजालको उपस्थिति थियो भने विश्वप्रकाश र प्रदीप सहभागी भएनन् ।

यसअघि आमनिर्वाचनमा पार्टीबाट बागी उम्मेदवार बन्दा पार्टीबाट निष्कासित भएका केन्द्रीय सदस्य दिनेश कोइरालासमेत मंगलबारको बैठकमा सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

जनताप्रतिको जिम्मेवारी भुलेको छैनः प्रधानमन्त्री
उपनिर्वाचनका उम्मेदवारलाई चुनाव चिह्न प्रदान

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
22 Nov · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 22 Nov 2024 00:05 UTC
Latest change: 21 Nov 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
135.2
Indian Rupee 
Indian Rupee
84.46
US Dollar 
US Dollar
1
Euro 
Euro
0.95
British Pound 
British Pound
0.79
Australian Dollar 
Australian Dollar
1.53
Japanese Yen 
Japanese Yen
154.51
US Dollar 
US Dollar
1
22 Nov · FX SourceRastra 
Nepal Rastra bank
Check: 22 Nov 2024 00:05 UTC
Latest change: 21 Nov 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀