काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनिया राष्ट्रपति सी जिङपिङ बीच शिष्टाचार भेटघाट हुने भएको छ । प्रधानमन्त्री दाहालले अमेरिका र चीन भ्रमणबारे संसदलाई जानकारी गराउँदै चिनियाँ राष्ट्रपति सीसँग भेट्ने कार्यसूची तय भएको बताएका छन् ।
आगामी असोज ५ गते अमेरिकाको न्ययोर्कबाट सिधै चीनको हाङचाओ जान लागेका प्रधानमन्त्री दाहाल र चिनिया राष्ट्रपति बीच असोज ६ गते शिष्टाचार भेटघाट हुनेछ । यस्तै चिनिया राष्ट्रपति सीसँगको भेटवार्तापछि प्रधानमन्त्री दाहाल एसियन गेम्समा सहभागी हुने कार्यक्रम छ ।
यस्तै प्रधानमन्त्री दाहाल र चिनिया समकक्षी ली चियाङसँग भेट हुने कार्यक्रम समेत समावेश छ । संसदमा बोल्दै प्रधानमन्त्री दाहालले समकक्षीसँगको भेटमा नेपाल र चीनबीच द्विपक्षीय सम्झौता हुने जानकारी गराएका छन् । प्रधानमन्त्री दाहालले नेपाल र चीनबीच लामो समयदेखि घनिस्ट सम्बन्ध रहेको उल्लेख गर्दै नेपाली जनताको हित र नेपाल चीन सम्बन्धलाई मजबुत बनाउने प्रयास आफुले गर्ने बताएका छन् ।
भर्खरै
बागचन्द मुख्य न्यायाधीशमा नियुक्त, ३५ जिल्ला न्यायाधीश सिफारिस
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा प्रधानमन्त्री : ओली
विपद्का बेला सक्रियता बढाउन गृहमन्त्री लेखकको निर्देशन
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं