सामाजिक संजाल फेसबुकमा अनर्गल प्रचार गर्ने एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । फेसबुक मार्फत भ्रम फैल्याउने स्याङजा आँधिखोला ५ बस्ने सुर्यबहादुर रेग्मीलाई प्रहरीले पक्राउ गरेको हो । रेग्मीले राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान सांसद डाक्टर ढाकाकुमार श्रेष्ठलाई निवास अगाडी धारिलो हतियार प्रयोग गरी घाईते बनाएको र उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको साथै सांसद श्रेष्ठको अवस्था चिन्ताजनक रहेको भनि फोटो सहित स्टाट्स पोष्ट गरेको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार समाजमा अराजकता फैल्याउने, आत्म सम्मान माथि आघात पुर्याउने र जीउ ज्यानको सुरक्षामा समेत असर गर्ने गरी रेग्मीले फेसबुक आइडी मार्फत भदौं २२ गते स्टाट्स लेखेका थिए । प्रहरीले रेग्मीलाई जाहेरीका आधारमा नियन्त्रणमा लिई विद्युतिय कारोबार ऐन, २०६३ विपरितको कसूर (साईबर अपराध) अन्तर्गत थप अनुसन्धान प्रकृया अगाडी बढाएको छ ।
भर्खरै
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पञ्चकोटको विश्वशान्ति कलश निर्माणमा जुट्यो सात करोड
आज देशभर बकर इद मनाइँदै
सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक छिट्टै निष्कर्षमा : मन्त्री गिरी
कक्षा ४ र ६ को प्रश्नपत्र एउटै
किसानले सडकमै पोखे दूध
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं