काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष स्व.सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
स्व. नेम्वाङको बिहीवार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । त्यसअघि स्व.नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय झण्डा ओढाएका थिए ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङको पार्थिव शरीरमा कम्युनिष्ट पार्टीको झण्डा ओढाएका थिए । स्व.नेम्वाङलाई प्रधानमन्त्री दाहाल, अध्यक्ष ओली, काँग्रेस सभापति शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे, मन्त्रीहरु लगायतका नेता कार्याकर्ताहरुले अन्तिम श्रद्धाञ्जली दिए ।
उनको सम्मानमा नेपाली सेनाको एक टुकडीले १७ तोपको सलामी अर्पण गरेको थियो ।उनको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा छोराहरु मिङसो र सुहाङ नेम्वाङले दागबत्ती दिए । लगत्तै नेपाली सेनाको टोलीले शोक धुन बजाएको थियो ।
नेम्वाङको गत मंगलवार निधन भएको थियो । काठमाडौंको बालुवाटारस्थित निवासमै अचेत भएका उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
सोही दिन बसेको मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
एनको पार्थिव शरीरलाई एक दिन नेकपा एमाले पार्टी कार्यालय च्यासल र एक दिन निजी निवास बालुवाटारमा राखिएको थियो । आज बिहान निजी निवासबाट टिचिङ अस्पताल, नारायणगोपाल चोक, धुम्बाराही, चाबहिल हुँदै पशुपतिसम्म शव यात्रा गरिएको थियो ।
भर्खरै
एसइई परीक्षा दिन जाँदै गरेका विद्यार्थी
सेताम्मे डाँफे लेक
गोसाइकुण्ड घुम्न पुगेका पर्यटक
सगरमाथा आधार शिविर
पूजा अर्चना गर्न जाँदै राष्ट्रपति पौडेल
हिमालको काखमा याक
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं