गैरआवासीय नेपाली संघको विश्व सम्मेलनमा सहभागि हुने प्रतिनिधिहरुको नामावली प्रकाशित गरिएको छ । विश्वभर रहेका राष्ट्रिय समितिहरुमा रहेका कुल आजीवन तथा साधारण सदस्य मध्येबाट छानिएका अधिवेशन प्रतिनिधिहरुको नाम सार्वजनिक गरिएको छ ।
साउदी अवरमा रहेका कुल ३ हजार ८ सय ८२ सदस्य मध्ये १ सय ६३ जना प्रतिनिधिको नाम सार्वजनिक गरिएको छ । यसैगरी मलेशियामा रहेका ४ हजार ५ सय ५१ जना सदस्य मध्ये १ सय ७१ जना प्रतिनिधिको नाम सार्वजनिक गरिएको छ । यस्तै जापानमा ७ हजार १ सय ६८ सदस्य भएकोमा २ सय १ जना प्रतिनिधिको नाम सार्वजनिक छ । यस्तै थाईल्याण्ड, बहरायन, कोरिया, अष्ट्रेलिया लगायतका देशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुको नाम सार्वजनिक गरिएको छ । तर अमेरिकाबाट छानिएका प्रतिनिधिको नाम भने सार्वजनिक गरिएको छैन् ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाले आईसीसीले तोकेको मिति अर्थात अगष्ट ३१ तारिखमै प्रतिनिधिको नाम सार्वजनिक गरेको थियो । तर राष्ट्रिय समिति अमेरिकाले पठाएको नाममा विवाद भएकै कारणले हुन सक्छ अमेरिकाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुको नाम भने आईसीसीको वेभसाइडमा अहिले सम्म राखिएको छैन् ।
तल हेर्नुहोस आईसीसीले सार्वजनिक गरेका प्रतिनिधिहरुको नामावली ।
एनआरएनएको आधिकारिक वेबसाइडको लिङक पनि राखिएको छ, त्यसबाट पनि पुरा नामावली हेर्न सक्नुहुनेछ ।
4_sep_delegates_recievedUpdated Delegate List as provided By NCCs (Sept 04, 2023 Aus Updated)
भर्खरै
मदिरा सेवन संस्थाको पैसाबाट गरिएको थिएन : गैरआवासीय नेपाली संघ
नेपाली समाज टेक्ससको अध्यक्षमा पुनः वाग्ले
आरके समुहद्धारा एनआरएनएको पुनः निर्वाचन गर्न माग
जाजरकोट र रुकुम पश्चिममा एनआरएनएको राहत
एनआरएनएमा पौडेललाई Keshab हुनुपर्नेमा Keshav भयो भनरे फेरि जिताइयो
‘प्रवासमा नेपाली पत्रकारिता र सञ्चार क्षेत्रका अपेक्षा’
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं