नेपाललाई १० विकेटले हराउदै भारत सुपर फोरमा प्रवेश, नेपाल बाहिरियो

एसिया कप क्रिकेट

नेपाललाई १० विकेटले हराउदै भारत सुपर फोरमा प्रवेश, नेपाल बाहिरियो

nepvsindh-1693849729

नेपाल एसिया कप क्रिकेटबाट बाहिरिएकाे छ । भारतसँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो। श्रीलंकाको पालेकेले रंगशालामा सोमबार भएको खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भयाे ।

नेपालले ४८.२ ओभर खेलेर भारतलाई २३१ रनको लक्ष्य दिएको थियो। तर वर्षाले खेल प्रभावित भएपछि डीएलएस पद्दतीबाट खेल २३ ओभरमा छोट्ट्याएर भारतलाई १४५ रनको नयाँ लक्ष्य दिइएको थियो।

भारतले नयाँ लक्ष्य २०.१ ओभरमा विना विकेटको क्षतिमा पूरा गर्‍यो। सोमवार श्रीलङ्काको पल्लेकेले रङ्गशालामा भएको खेल वर्षाका कारण बारम्बार रोकिएको थियो।

भारतको जितमा रोहित शर्मा र शुभमन गिलले अर्धशतक प्रहार गरे। रोहितले नटआउट ७४ रन र गिलले नटआउट ६७ रन जोडे। त्यसअघि टस जितेको भारतले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ४८.२ ओभरमा २३० रनमा अलआउट भयो।

नेपालका लागि ओपनिङ ब्याट्सम्यान आसिफ शेखले अर्धशतक प्रहार गरेर आउट भए। उनी ९७ बलमा ८ चौकाको मद्दतमा ५८ रन बनाएर आउट भए। उनी एसिया कपमा तथा भारतविरूद्ध अर्धशतक प्रहार गर्ने पहिलो नेपाली ब्याटर बने।

अर्का ओपनर कुशल भुर्तेल ३८ रन बनाएर आउट भए। शार्दूल ठाकुरको बलमा दशौं ओभरको पाँचौ बलमा आउट हुनुअघि उनले २५ बलमा ३ चौका र २ छक्का हिर्काए। उनले आसिफ शेखसँग पहिलो विकेटका लागि ९.५ ओभरमा ६५ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए।

भुर्तेलविरूद्ध पहिलो ओ‌भरमा श्रेयस अय्यरले र चौथो ओभरमा इशान किसनले क्याच छाडेका थिए। यस्तै आसिफको क्याच दोस्रो ओभरमा विराट कोहलीले छाडेका थिए।

भुर्तेल आउट भएपछि भने नेपालले लगातार विकेट गुमायो। कप्तान रोहित पौडेल रविन्द्र जडेजाको बलमा ५ रनमा आउट भए। कुशल मल्ल चौथो विकेटको रुपमा २ रनमै आउट भए। भीम सार्की पनि ७ रनमा भारतका जडेजाको बलमा १६ ओ‌भरमा बोल्ड भए।

छैटौं विकेटको रुपमा गुल्सन झा ३५ बलमा ३ चौकाको मद्दतमा २३ रन बनाएर आउट भए। उनले आसिफ शेखसँग पाँचौ विकेटका लागि  ३१ रनको साझेदारी गरे।

दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीबीच सातौं विकेटका लागि ५० रनको साझेदारी भयो। दीपेन्द्रले हार्दिक पाण्ड्याको एलबिडब्लूको धरापमा पर्नुअघि २५ बलमा ३ चौकाको मद्दतमा २९ रनको योगदान गरे।

आठौं विकेटको रूपमा आउट हुनुअघि सोमपाल कामीले उत्कृष्ट ब्याटिङ गरे। मोहमद सामीको बलमा ४७.२ ओभरमा आउट हुनुअघि उनले ४८ रन जोडे। सोमपालले ५६ बलमा १ चौका र २ छक्का हिर्काए।

लगत्तै सन्दीप लामिछाने ९ रनमा रनआउट भएका थिए भने अन्तिम विकेटको रुपमा ललित राजवंशी शून्यमा आउट भए। बलिङमा भारतका जडेजा र मोहमद सिराजले ३-३ विकेट लिए।

उद्घाटन खेलमा पाकिस्तानसँग पराजित भएको नेपाल समूह ए मा अन्तिम स्थानमा रहन पुग्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

चन्द्रमाको एक टापुको नाम अब ‘ल्हामु क्रेटर’
उपसभामुख विरुद्ध संसद्‌को राज्यव्यवस्थामा उजुरी

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
08 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 08 Sep 2024 00:45 UTC
Latest change: 07 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
134.32
Indian Rupee 
Indian Rupee
83.91
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.48
Japanese Yen 
Japanese Yen
143.05
US Dollar 
US Dollar
1
08 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 08 Sep 2024 00:45 UTC
Latest change: 07 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀