प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘जनतासँग माओवादी बिशेष रुपान्तरण’ महाअभियान पार्टीले बिराएको बाटो ट्रयाकमा ल्याउन सफल हुने विश्वास व्यक्त गरेका छन् ।
शनिबार चन्द्रगिरिमा जनतासँग माओवादी बिशेष रुपान्तरण महाअभियानलाई सम्बोधन गर्दै उनले बीचमा पार्टीले बाटो बिराएको र जनतासँग सम्बन्ध कमजोर भएको जस्तो मशसुस भएको भन्दै त्यसलाई फेरि ट्रयाकमा ल्याउने उद्देश्यले महाअभियानको सुरु भएको बताएका हुन् ।
उनले भने, ‘जनतासँग माओवादी विशेष रुपान्तरण महाअभियानको सुरुवात माओवादीले आफैबाट गर्नुपर्छ । बीचमा कहीँ कतै बाटो बिराएको जस्तो जनतासँग सम्बन्ध कमजोर भएको जस्तो थियो अहिले फेरी हाम्रो बाटो ट्रयाकमा ल्याउने जनतासँगको सम्बन्ध जीवन्त तुल्याउने उद्देश्यले अभियान थालेको हो । यसले देशमा सामाजिक न्यााय र समृद्धिको सपना पूरा गर्ने आशा छ ।’
अध्यक्ष प्रचण्डले सङ्ख्याको बलको आधारमा नभएर ईतिहास र सहिदले बगाएको रगतको तागतमा ३२ सिट ल्याएर पनि प्रधानमन्त्री बनेको टिप्पणी गरे । साथै विश्वासको मत लिँदा झण्डै सत प्रतिशत समर्थन आफूलाई मिलेको भन्दै नेपालकै ईतिहासमा यस्तो कहिल्यै भएको दाबी गरे ।
उनले भने, ‘सङ्ख्याको बलको आधारमा म प्रधानमन्त्री भएको होईन् । ३२ सिटले प्रभानमन्त्री हुने तागत राख्दैन्। ९० सिट र ८० सिट भएका पार्टीहरुको अगाडी हाम्रो ईतिहासको तागत सहिदले बगाएको रगत र बेपत्ताको त्याग र तपस्याको तागतले, राजनीतिक ऐजेण्डाको तागत र नेता कार्यकर्ता साथै मूल नेताको हैसियतले ममा केन्द्रित भएको तागतले ३२ सिट भएपनि प्रधानमन्त्री र देशको नेतृत्व गर्ने अवसर पायौं ।’
भर्खरै
गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे दोस्रो पटक नियुक्त
गण्डकीको मुख्यमन्त्रीमा काँग्रेसका पाण्डेलाई ४८ घण्टाभित्र नियुक्त गर्न सर्वाेच्चको परमादेश [आदेशसहित]
जनताप्रतिको जिम्मेवारी भुलेको छैनः प्रधानमन्त्री
राजनीतिक दलले आफ्ना नीति तथा आदर्शको समीक्षा गर्नुपर्छ : पूर्व राष्ट्रपति भण्डारी
विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार छ : प्रधानमन्त्री
उपनिर्वाचनका उम्मेदवारलाई चुनाव चिह्न प्रदान
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं