अमेरिका । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाले विश्व सम्मेलनमा सहभागि हुने आईसीसी प्रतिनिधि छनौट गरेको छ । एनसीसी अमेरिकाले आईसीसीको विश्व सम्मेलनमा सहभागि हुने दुई सय ५२ जना प्रतिनिधिहरुको अन्तिम नामावली आज सार्वजनिक गरेको छ ।
आईसीसी प्रतिनिधिमा अधिकाशं निवर्तमान अध्यक्ष बुद्धि सुवेदीको कार्यसमिति भन्दा अघिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई समेत प्रतिनिधि छन् । हाल छनौट भएका प्रतिनिधिहरु बिधि बिधान अनुसार नभएको गुनासो सार्वजनिक रुपमै व्यक्त हुन थालेका छन् ।
वरिष्ठ उपाध्यक्ष उप्रेतीले भने, बिधि बिधान अनुसार छनौट भएको छैन्
छनौट समितिका संयोजक तथा एनसीसी अमेरिकाका वरिष्ठ उपाध्यक्ष बिकास उप्रेतीले सार्वजनिक रुपमै आफुलाई जानकारीनै नगराई अध्यक्ष र महासचिवले आन्तरिक सहमति गरि नामावली केन्द्रलाई पठाएको बताएका छन् । उप्रेतीले बिधि बिधान अनुसार प्रतिनिधि छान्ने भनिए पनि राजनीतिक भागबण्डा र सहमतिकै आधारमा एनसीसी अमेरिकाका अध्यक्ष र महासचिवले छनौट समितिलाई जानकारीनै नगराई आईसीसी प्रतिनिधिको नाम केन्द्रलाई पठाएको जानकारी गराएका छन् ।
उप्रेतीले बिधि बिधान अनुसार प्रतिनिधि छान्ने भनिए पनि राजनीतिक भागबण्डा र सहमतिकै आधारमा एनसीसी अमेरिकाका अध्यक्ष र महासचिवले छनौट समितिलाई जानकारीनै नगराई आईसीसी प्रतिनिधिको नाम केन्द्रलाई पठाएको जानकारी गराएका छन् ।
छनौट समितिका संयोजक तथा वरिष्ठ उपाध्यक्ष उप्रेतीले भने, म संयोजक भएका नाताले बनाएको नामावली अर्कै थियो, तर अध्यक्ष र महासचिवले मनोमानी ढंगमा आफुखुसी नाम केन्द्रलाई पठाउनु भएको छ । उप्रेतीले राजनीतिक रुपमा भागबण्डा हुन नहुने, बिधानले दिएका भन्दा बाहिरका व्यक्ति प्रतिनिधि जान नहुने र एनआरएनएको अभियानमा लागेका नयाँहरुलाई पनि समावेश गर्नुपर्ने अडान राख्दै आएका थिए । वरिष्ठ उपाध्यक्ष उप्रेतीले आफुहरुको छलफलमा अध्यक्ष उपस्थित नभएको र महासचिवले समेत बहाना गरेर अध्यक्षसँग मिलिभगत प्रतिनिधिको नाम केन्द्रलाई पठाएको जानकारी दिएका छन् ।
एनसीसी अमेरिकाले आईसीसी प्रतिनिधिमा पठाएको नामवली यस प्रकार छ ।
ICC Delagates NRNA NCC USA
भर्खरै
आज विजया दशमी, टीका र जमरा लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटमा
सबै अधिकार सहितको नागरिकताको निरन्तरताका लागि प्रधानमन्त्री ओलीको प्रतिवद्धता
टेक्सस र क्यालिर्फोनियामा महाबाणिज्यदूतावास खोल्न प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको ध्यानाकर्षण
जय नेपाल अन्तर्राष्ट्रिय फाउन्डेसन न्यु ह्याम्पसायर अध्यक्षमा पवन पौडेल
नेपाली नागरिकताको निरन्तरताको बिपक्षमा एनआरएनए अमेरिका अध्यक्ष बन्जाडे
नेपाली नागरिकताको निरन्तरता अभियानले विश्वभरबाट हस्ताक्षर संकलन गर्ने
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं