अमेरिका । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को विश्व सम्मेलनको प्रतिनिधि (डेलिगेट्स)का रुपमा यस पटक राजनीतिक भागबण्डाका आधारमा छनौट हुने सम्भावना कम देखिएको छ । यसअघि राजनीतिक भागबण्डाका आधारमा नेपाली कांग्रेस, नेकपा एमाले तथा अन्य राजनीतिक दल निकट भातृ संगठनका नेताहरु पनि प्रतिनिधिका रुपमा छनौट हुने गरेका थिए । प्रतिनिधि छनौट समिति संयोजक तथा एनसीसी अमेरिकाका वरिष्ठ उपाध्यक्ष बिकास उप्रेतीले यस पल्ट बिधान भन्दा बाहिरका व्यक्तिहरुलाई प्रतिनिधि छनौट नगर्ने अडान लिएका कारण बिरालो बाँधेर श्राद्ध गर्ने चलनको अन्त्य हुन सक्ने संकेत देखिएको छ । उनले लिएको अडान कति टिक्छ त्यो भने केही घण्टामै प्रष्ट हुनेछ ।
आईसीसीले तोकेको समयावधि अनुसार भोली सम्म अमेरिकाले प्रतिनिधि छनौट गरेर केन्द्रलाई पठाउनु पर्ने हुन्छ । प्रतिनिधि छनौट समितिका संयोजक तथा वरिष्ठ उपाध्यक्ष उप्रेतीले न्यूजपालीसँग भने, मैले बिधानले तोकेको भन्दा तलमाथी हुनुहुन्न भनेर अडान लिएको छु, अनि एनआरएनएलाई योगदान पुराएका नयाँहरुलाई पनि समावेश गर्नुपर्छ भन्नेमा म छु ।
अहिले सम्म वरिष्ठ उपाध्यक्षले स्टान्ड लिएका छन्, निकट श्रोत भन्छ त्यसो हुन सक्यो भने साचिकै सुधारको शुरुवात भयो भन्ने देखिन्छ । श्रोतको दावी अनुसार र हाल सम्म देखिएको परिदृष्य अनुसार यस पल्ट अघिल्लो निर्वाचन समितिका संयोजक विश्व बराल, जनसम्पर्क समिति अमेरिका अध्यक्ष आनन्द बिष्ट, कांग्रेसका नेताहरु बिष्णु सुवेदी, यादव पण्डित, यस्तै प्रवासी नेपाली मञ्चका पूर्वअध्यक्ष प्रभु थापा तथा, वर्तमान अध्यक्ष कृष्ण लामिछाने प्रतिनिधिका रुपमा नपर्ने संभावना देखिएको छ ।
न्यूजपालीसँग कुराकानी गर्ने श्रोत भन्छ, सँधै ति राजनीतिक भातृसंगठनका नेता या अन्य संघ सस्थाका नाममा भागवण्डा हुनु आफैमा नराम्रो पक्ष थियो, सायद यस पल्टदेखी नयाँ शुरुवात हुन्छ कि ? गैरआवासीय नेपाली संघको विश्व सम्मेलन आउँदो अक्टोबर १७ तारिख देखी २० तारिख सम्म काठमाण्डौंमा हुँदैछ ।
भर्खरै
आज विजया दशमी, टीका र जमरा लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटमा
सबै अधिकार सहितको नागरिकताको निरन्तरताका लागि प्रधानमन्त्री ओलीको प्रतिवद्धता
टेक्सस र क्यालिर्फोनियामा महाबाणिज्यदूतावास खोल्न प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको ध्यानाकर्षण
जय नेपाल अन्तर्राष्ट्रिय फाउन्डेसन न्यु ह्याम्पसायर अध्यक्षमा पवन पौडेल
नेपाली नागरिकताको निरन्तरताको बिपक्षमा एनआरएनए अमेरिका अध्यक्ष बन्जाडे
नेपाली नागरिकताको निरन्तरता अभियानले विश्वभरबाट हस्ताक्षर संकलन गर्ने
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं