यतिबेला चर्चामा छिन गायिका सिमरन परियार । उनले गाएका केही गीतहरु अहिले चर्चाको शिखरमा छन् । प्रमोद खरेलले केही बर्ष पहिले गाएको ‘उसलाई पाउन’ बोलको गीत सिमरन परियारले गाएपछि उनको चर्चा थप चुलिएको हो । कर्णप्रिय स्वरकी धनी बाग्लुङकी सिमरन परियारले स्वर भरेका गीतहरुले यूट्यूबमा यतिबेला भ्यूअर्वस बटुलिरहेका छन् । अहिले कक्षा १२ मा पढ्दै गरेकी सिमरन अब गायिका सिमरनका रुपमा स्थापित हुने क्रममा छिन् । स्थानिय संघ सस्थाहरुले समेत उनलाई कार्यक्रममा बोलाउन थालि सकेका छन् ।
उनको व्यक्तिगत फेसबुक प्रोफाईलमा समेत भ्यूअर्वस, फलोअर्सको ओईरो लागि रहेको छ । सामान्य परिवारमा जन्मिएकी सिमरनले अब चल्तीका गायिकाका रुपमा परिचय बनाउने क्रममा छिन् । उनि स्थानियकै सहयोगमा काठमाण्डौं पुगेर करिव दर्जन गीतहरु रेकर्ड गरेकी हुन् । केही समय पहिले यस्तो थियो कि समाजमा स्थापित हुन कलाकार, व्यवसायी तथा कही अतभूत क्षमता भएकाहरु पत्रकार तथा संचारकर्मीको पछाडी लाग्नु पथ्र्यो तर अहिले सिंगो संचारजगत तथा पत्रकारहरु सिमरनका पछाडि छन् । पत्रकार तथा संचार क्षेत्रले गायिका सिमरनसँग समय मागिरहेका छन् । यो सामाजिक संजालको राम्रो पक्ष हो ।
कर्णप्रिय स्वरकी धनी बाग्लुङकी सिमरन परियारले स्वर भरेका गीतहरुले यूट्यूबमा यतिबेला भ्यूअर्स बटुलिरहेका छन् । अहिले कक्षा १२ मा पढ्दै गरेकी सिमरन अब गायिका सिमरनका रुपमा स्थापित हुने क्रममा छिन् । स्थानिय संघ सस्थाहरुले समेत उनलाई कार्यक्रममा बोलाउन थालि सकेका छन् ।
सिमरन जस्तै गरी केही बर्ष पहिले सामाजिक संजालबाटै चर्चामा आएकी गायिका हुन्, समिक्षा अधिकारी । उनले स्वर भरेका साना भिडियो तथा क्लिपहरु सामाजिक संजालमा भाइरल हुन थालेपछि स्थानियहरुको सहयोगमा उनले काठमाण्डौंबाट गायन क्षेत्रमा प्रवेश गरेकी थिइन् ।
अहिले गायिका समिक्षा अधिकारी सर्वाधिक चर्चाको शिखरमा छिन् । उनलाई भ्याई नभ्याई छ । उनले गाएका हजारौं गीतहरुले अहिले दैनिक जसो चर्चा बटुलिरहेका छन् । भर्खरै गायन क्षेत्रमा प्रवेश गरेकी कर्णप्रिय स्वरकी धनि सिमरनलाई न्यूजपाली डटकमको तर्फबाट सफलताका लागि बधाई तथा शुभकामना ।
भर्खरै
कामको चर्चाले चुलिएको नाम हो, हर्क साङपाङ
चर्चामा बाग्लुङकी सिमरन परियार, भ्यूअर्वस, फलोअर्सको ओईरो
सामाजिक संजालमा चर्चा बालेन शाहको
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं