धरानमा हिन्दु समर्थकहरुको प्रदर्शनका कारण शुक्रबारदेखी निषेधाज्ञा जारी गरिएको छ। धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै हिन्दु धर्मालम्बीहरुले प्रदर्शन जारी राखेका छन् । जिल्ला सुरक्षा समितिको बैठकले शुक्रबारदेखी निषेधाज्ञा जारी गरेको हो।
जिल्लामा कुनै अप्रिय घटना हुन नदिन व्यापक रुपमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी राजकुमार राइले जानकारी दिएका छन् । यस्तै शान्ति सुरक्षा मजबुत बनाउन हजारौं जनपथ तथा सशस्त्र प्रहरी समेत परिचालन गरिएको छ ।
हिन्दु समर्थकहरूले प्रदर्शनको आव्हान गरेपछि सामाजिक सद्भाव भड्कने डरले जिल्ला प्रशासन कार्यालयले धरानमा हिँडडुल गर्न र सामूहिक रुपमा भेला हुन प्रतिबन्ध लगाएको छ।
हिन्दु समर्थकहरूले प्रदर्शनको आव्हान गरेपछि सामाजिक सद्भाव भड्कने डरले जिल्ला प्रशासन कार्यालयले धरानमा हिँडडुल गर्न र सामूहिक रुपमा भेला हुन प्रतिबन्ध लगाएको छ। प्रमुख जिल्ला अधिकारीले सामाजिक सद्भाव भड्काउने जो कसैलाई पनि कारवाही गरिने जानकारी दिएकी छन् ।
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले दिएको जानकारी अनुसार धरानमा गाई काटेर मासु खाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिएपछि हिन्दु समर्थकहरूले विरोध गर्दै आएका छन् । हिन्दुधर्मालम्बीहरुले गाईगोरु काट्न बन्द गर्नुपर्ने माग गर्दै भोलि प्रदर्शनको आह्वान समेत गरेका छन् ।
भर्खरै
धान कुटाउन गएकी किशोरीको हत्या
आज विजया दशमी, टीका र जमरा लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटमा
सबै अधिकार सहितको नागरिकताको निरन्तरताका लागि प्रधानमन्त्री ओलीको प्रतिवद्धता
टेक्सस र क्यालिर्फोनियामा महाबाणिज्यदूतावास खोल्न प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको ध्यानाकर्षण
प्रवासी नेपालीहरुको नागरिकताको निरन्तरताका लागि संबिधान संशोधन पनि गर्न तयार छौं : एमाले उपमहासचिव ज्ञवाली
प्रवासी नेपालीहरुले एक स्वरमा भने, हामी नागरिकताको निरन्तरताका लागि लडिरहनेछौं
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं