शुक्रबार, १ भाद्र २०८०
काठमाडौँ । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बृद्धि गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार साउन १ गतेदेखि श्रमिकको न्यूनतम पारिश्रमिक बृद्धि हुनेछ ।
श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम साउन १ गतेदेखि श्रमिकको मासिक पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ हुनेछ । चिया बगान बाहेकका श्रमिकको मासिक १० हजार ८ सय २०, महँगी भत्ता ६ हजार ४ सय ८० गरी १७ हजार ३ सय पुर्याइएको छ । दैनिक ४ सय १८, महँगी भत्ता २ सय ५० सहित जम्मा ६ सय ६८ तोकिएको छ । यसअघि न्यूनतम पारिश्रमिक मासिक १५ हजार रुपैयाँमात्रै थियो ।
चिया बगानका श्रमिकको हकमा मासिक १३ हजार ८ सय ९३ पुर्याइएको छ । जसमा आधारभूत पारिश्रमिक ८ हजार ९३४ र महँगी भत्ता ४ हजार ९५९ रुपैयाँ छ । पारिश्रमिक वृद्धिको सूचना राजपत्रमा प्रकाशित छ ।
भर्खरै
इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बागचन्द मुख्य न्यायाधीशमा नियुक्त, ३५ जिल्ला न्यायाधीश सिफारिस
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा प्रधानमन्त्री : ओली
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं