पोखराको पृथ्वीचोकमा शाहकै शालिक पुनर्स्थापनाको माग गर्दै हस्ताक्षर अभियान शुरु

शालिक विवाद

पोखराको पृथ्वीचोकमा शाहकै शालिक पुनर्स्थापनाको माग गर्दै हस्ताक्षर अभियान शुरु

ल्याप्चे लगाउनेदेखि भर्ती देखाउनेसम्म सहभागी

PN-Shah-shalik-1

पोखराको प्रमुख चोक पृथ्वीचोकमा पृथ्वीनारायण शाहको शालिक पुर्नस्थापनाको माग गर्दै हस्ताक्षर अभियान सुरु भएको छ ।

हामी नेपाली, हाम्रो पृथ्वीचोक ! वृहत प्रदर्शन एवं हस्ताक्षर संकलन कार्यक्रम । इतिहासको संरक्षण र राष्ट्रनिर्माताको सम्मानका लागि एक कदम, एक आवाज, एकीकरण नाराका साथ युवाहरुको समूहले हस्ताक्षर अभियान सुरु गरेको हो ।

पृथ्वीनारायण शाहको शालिक पृथ्वीचोकमा नै पुनर्स्थापनाको माग गर्दै मंगलबार पृथ्वीचोकमा हस्ताक्षर संकलन गर्न सुरु गरिएको युवा नेतासमेत रहेका अभियानकर्ता अरुण गिरीले जानकारी दिए ।

राष्ट्रनिर्माता शाहको शालिक पुनर्स्थापना गर्न दबाब दिने उद्धेश्यले स्वतन्त्र रुपमा आम जनसहभागिता गराई धेरै भन्दा धेरै हस्ताक्षर उठाउनको लागि वृहत प्रदर्शन एवं हस्ताक्षर संकलन अभियान राखिएको गिरीले बताए । मंगलबारदेखि सुरु हस्ताक्षर कार्यक्रम आवश्यकता अनुसार दिनहुँ हुने र संकलित हस्ताक्षरसहितको ब्यानर पोखरा महानगरका मेयर धनराज आचार्यलाई प्रदान गर्ने उनले बताए ।

पृथ्वीनारायण शाहको शालिक हटाएर इतिहास मेट्न खोजिएको र स्टण्टबाजीको राजनीति गर्न लागिएकाले यो वा त्यो नाममा विभाजित नभई सत्य जे हो त्यसको पक्षमा उभिँदै हस्ताक्षर अभियानमा संलग्न हुन उनले आमजनसमुदायमा अपिल समेत गरेका छन् ।

कुनै दल र जातिविशेषको माग र अभियान नभएको भन्दै उनले आम नागारिकको समर्थनमा पोखराको पृथ्वीचोकमा शालिक पुनर्स्थापना हुने विश्वाससमेत व्यक्त गरे ।

अर्का अभियन्ता विक्रम पाण्डेले पोखराका मेयर धनराज आचार्यले कुनै जाति विशेषको ईशारामा नचली पोखरेलीको चाहनालाई ध्यान दिन आग्रह गरे । उनले अरुसँग तर्सिएर यो समूहलाई कम नआँक्न समेत चुनौती दिए । यो अभियान अब दलविशेषको नभई सम्पूर्ण राष्ट्रबादी नेपालीको भइसकेको समेत उल्लेख गरे । विजय पराजुली, तोत्र बानियाँ, सरोज गिरी, भविनजंग थापा लगायतका युवाहरु पनि यो अभियानमा आ–आफ्नै ठाउँबाट सक्रिय छन् ।

आइतबार पृथ्वीचोकमा प्लेकार्डसहित प्रदर्शनसमेत भएको थियो । झरी समेत नभनी रेनकोट र छाता ओढेरै पृथ्वीनारायणको शालिक राख्नुपर्ने पक्षले ‘नेपाली हामी रहुँला कहाँ नेपालै नरहे, मेयर तिमी कुन देशको ?, राष्ट्र निर्माताको सम्मान गर, प्रधानमन्त्री तिमी कुन देशको?, इतिहास मेट्न पाइँदैन, राष्ट्र निर्माता नमान्ने कसरी नेपाली ?, एक कदम एक आवाज एकीकरणका लागि’ लगायतको नारा लेखिएको प्लेकार्ड सहित प्रदर्शन गरेका थिए ।

प्रथम सहिद लखन थापाप्रति कुनै पनि नकरात्मक टिप्पणी नभएको र उस्तै सम्मान रहेको पनि युवा नेता गिरीले बताए । आदिवासी जनजाति दिवसका दिन केही समूहले पृथ्वीनारायण शाहको प्रतिमालाई बडो अपमानपूर्वक घिसारेर फालिदिएकोमा आक्रोश रहेपनि आफूहरुले प्रथम सहिद लखन थापाको शालिकलाई केही अपमान नगर्ने गिरीको भनाई थियो । स्थानिय सरकार आफै मतियार बनेर नेपाली नेपाली बीच विवाद सिर्जना गर्न खोजिरहेको उनको भनाई छ ।

अभियन्ता दीपक पौडेलले महानगरले तत्काल निर्णय सच्याई इतिहास जोगाउन पृथ्वीनारायण शाहको शालिक पुनर्स्थापना गर्नुपर्ने विषयलाई जोड दिएका छन् । अर्का अभियन्ता कृष्ण पौडेलले अहिलेको पुस्ताले मात्र नभई पछि आउने पुस्ताले पनि इतिहास बुझ्न पाउनुपर्ने बताए । जंगलको कुनै कुनामा लगेर राष्ट्रनिर्माताको शालिक राख्दा अपमान हुने भन्दै उनले पुनर्स्थापनाका लागि उनले जोडदार माग गरेका छन् ।

पृथ्वीचोकमा २०६२/६३ को जनआन्दोलन अघि पृथ्वीनारायण शाहकै शालिक थियो । जनआन्दोलन क्रममा तत्कालीन विद्रोही माओवादीले  राष्ट्रनिर्माताको शालिकमाथि फलामे हतियार बर्साएको थियो । त्यसपछि १ वर्षसम्म पृथ्वीचोकमा कुनै शालिक रहेन । २०६४ सालमा प्रथम सहिद लखन थापाको शालिक ठड्याइएको हो । तत्कालीन समयमा माओवादीबाट प्रधानमन्त्री बनेका बाबुराम भट्टराईले सहिद थापाको सालिक २०६९ फागुन १ गते अनावरण गरेका थिए । त्यसपछि यो चोकलाई लखनचोक लेखेर शालिकसँगै टाँस गरियो । तर, डेढ दशक बितिसक्दा पनि जनजिब्रोमा प्रायः पृथ्वीचोक नै छ ।

२०७४ असोज ९ गते गते पोखरा महानगरपालिकाले लखन थापाको शासालिक निकालेर डोजर चलाएको थियो । महानगरले चोकले ठूलो भूभाग ओगटेको र ट्राफिक जाम बढेको भन्दै सालिक हटाएको थियो । तर, शालिक ढालेर आफूहरुको अपमान गरेको भन्दै विभिन्न जनजाति समुदाय विरोध जनाएपछि भत्काएको २४ घन्टाभित्रै सहिद थापाकै सालिक राख्ने सहमति भएको थियो । महानगरकै करीब १८ लाख खर्चमा अहिलेको लखन थापाको शालिक ठडिएको हो ।

क्षेत्री समाजले भने शालिक राख्ने महानगरको सहमतिको विरोध गरेको थियो । पुनः महानगर पृथ्वीचोकमा कुनै पनि सालिक नराख्ने सहमतिमा पुग्यो । २०७५ फागुन १ गते राति मगर समुदायको नेतृत्वमा पुनः लखन थापाको शालिक उभ्याइएको थियो । महानगरपालिकाले शहरका सबै ठाउँका सालिक सराङकोट ग्यारजातीको विभूति पार्कमा लगेर राख्ने योजना पनि बनाएको थियो । पृथ्वीनारायणसहित केही शालिक पार्कमा लगिएको पनि छ । रविन्द्र अधिकारीको शालिक त्यहीँ राखियो ।

अहिले पृथ्वीचोकमा शालिक राख्ने वा अन्त स्थानान्तरण गर्ने भन्ने विषय प्रतिष्ठाको विषय बन्न थालेको छ । मेयर धनराज आचार्यले एक महिनाभित्र पोखराका सडक चोकका शालिक व्यवस्थापन एवं स्थानान्तरण गर्ने सर्वदलीय बैठकको निर्णय भनी सार्वजनिक गरेका छन् । तर, यस निर्णयले काँग्रेसका नेताहरु विपी, गणेशमान, हरिप्रसाद लगायतका शालिकसमेत पर्ने भएपछि पार्टीले विज्ञप्ति जारी गरी चेतावनी नै दिएका छन् । यसले गर्दा मेयर आचार्यलाई यो शालिक प्रकरण सकस बनेको छ ।

अहिले पृथ्वीचोकमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । शान्ति सुरक्षा बिग्रन नदिन भन्दै प्रशासनले सशस्त्र प्रहरी र नेपाल प्रहरीसँग समन्वय गरी बाक्लोमात्रामा सुरक्षाकर्मी खटाएको देखिन्छ । यो चोक पोखराको प्रमुख चोक हो, जुन पृथ्वी राजमार्गको सुरुवाती बिन्दु पनि हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

चन्द्रमाको एक टापुको नाम अब ‘ल्हामु क्रेटर’
उपसभामुख विरुद्ध संसद्‌को राज्यव्यवस्थामा उजुरी

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
19 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 19 Sep 2024 00:05 UTC
Latest change: 18 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
134.01
Indian Rupee 
Indian Rupee
83.71
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.47
Japanese Yen 
Japanese Yen
141.66
US Dollar 
US Dollar
1
19 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 19 Sep 2024 00:05 UTC
Latest change: 18 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀