काठमाण्डौं
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को आसन्न निर्वाचनमा गठबन्धन नहुने स्पष्ट संकेत देखिएको छ । नेपाली कांग्रेसले पार्टी निकट उम्मेवारहरुसँगको छलफलमा गठबन्धन नगरी निर्वाचनमा जान निर्देशन दिएको छ । यसो हुँदा नेपाली कांग्रेस निकटका उम्मेदवारहरु महेश श्रेष्ठ या डाक्टर केशव पौडेल मध्ये एकले टिकट पाउने छन् । केही समय पहिले दुवै उम्मेदवारले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् । दुवै जना आकाक्षीहरु यति बेला टिकटका लागि काठमाण्डौंमा छन् ।
निकट श्रोत भन्छ, यि दुई मध्ये एकले टिकट पाउँछन् । गठबन्धन नगरी निर्वाचनमा जानेगरी पार्टी शिर्ष नेतृत्वले निर्देशन दिई सकेको छ, श्रोत भन्छ, नेपाली कांग्रेसबाट श्रेष्ठ या पौडेल मध्ये एक उम्मेदवार हुने पक्का छ । यसो त नेपाली कांग्रेस निकट रबिना थापाले पनि उम्मेदवारी घोषणा गरिसकेकी छन् ।
आईसीसीमा राष्ट्रिय राजनीतिको जस्तै गरी कम्यूनिष्ट धार र डेमोक्र्याटिक धारका उम्मेवारहरुका बीचमा गठबन्धन हुँदै आएको छ । अहिलेका तिन अध्यक्ष मध्ये रबिना थापा र कुल आचार्य कांग्रेस निकट मानिन्छन्, भने बद्रि केसी कम्यूनिष्ट निकट मानिन्छन् ।
कांग्रेसले टिकट दिँदा दुई आकाक्षीं मध्ये श्रेष्ठ बलिया उम्मेदवार मानिन्छन् । श्रेष्ठले पार्टी तहमा बसेर काम समेत गरेकाले उनि नेताहरुसँग नजिक छन् । यस्तै डाक्टर पौडेललाई पनि पार्टीमा राम्रै हैसियतमा राख्ने गरिएको छ । अध्यक्षका आकाक्षीं श्रेष्ठ हालका उपाध्यक्ष हुन भने डाक्टर पौडेल हालका महासचिव हुन् ।
भर्खरै
मदिरा सेवन संस्थाको पैसाबाट गरिएको थिएन : गैरआवासीय नेपाली संघ
नेपाली समाज टेक्ससको अध्यक्षमा पुनः वाग्ले
आरके समुहद्धारा एनआरएनएको पुनः निर्वाचन गर्न माग
जाजरकोट र रुकुम पश्चिममा एनआरएनएको राहत
एनआरएनएमा पौडेललाई Keshab हुनुपर्नेमा Keshav भयो भनरे फेरि जिताइयो
‘प्रवासमा नेपाली पत्रकारिता र सञ्चार क्षेत्रका अपेक्षा’
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं