नेपालमा अहिले क्विइन्टल सुन काण्डको बिषयले संसद, आम नागरिक हुँदै संचार जगतमा प्राथमिकता पाएको छ । सिंगो देश सुन काण्डले तातेको छ, भन्दा सायद फरक नर्पला । बिमानस्थलबाट बाहिरिएको क्विइन्टल सुन राजश्व अनुसन्धान बिभागले समात्यो । अहिले सामाजिक संजाल समेत यही सुनको प्रतिकृयाले तातेको छ ।
सुन काण्डले प्रमुख प्रतिपक्ष दल देखी सरकारमा सहभागि भएका दलहरुले निष्पक्ष छानविन हुनुपर्ने माग राख्दै आएका छन् । तर हामीले आफैलाई अर्थात राज्यलाई सोध्नुपर्ने प्रमुख प्रश्न के हो भने के हाम्रो देशमा यस्तै धन्दाहरु बर्षौंदेखी चल्दै आएका छन् ? राज्यको संयन्त्र किन यती कम्जोर ।
हामीले सुन्दै आएका छौं, यसको उच्चस्तरिय छानविन समिति बन्नु पर्यो यसको अर्थ के हामीले हाम्रो प्रहरी प्रशासनलाई विश्वास गर्दैनौं । या त्यस्तो समिति बनाउने र समितिको प्रतिवेदनलाई टालटुल पारेर यो बिषयलाई बिषयान्तर गर्दैछौं । प्रहरीले गरिरहेको छानविनमा राजनीतिक दलको हस्तक्षेप हुने गरेका कारणले उच्च स्तरीय छानविन समिति भनिँदै आईएको पनि हुन सक्छ ।
यदी राज्यका निकायहरु बलिया हुँदा हुन त हामीले यति धेरै शंका उपशंका गर्ने पर्दैनथ्यो होला । अर्को तर्फ राजनीति दलहरुका भरिया कर्मचारी र प्रहरी प्रशासनमा दलका नेताहरुको ठाडो हस्तक्षेपले यस्ता शंकाहरु उत्पन्न भएका हुन् ।
सुन काण्डमा जोडिएका ठूला देखी साना व्यक्तिहरुलाई कुनै दबाव बिना प्रहरीलाई काम गर्न दिने हो भने हाम्रो प्रहरी प्रशासन अब्बल छ भन्नेमा हामी विश्वास गर्न सक्दछौं । पछिल्लो पटक प्रचण्ड सरकारले भ्रष्टाचारको बिषयलाई प्रम्ुख प्राथमिकतामा राखेको छ, जुन बिषय प्रशंसा योग्य छ । तर के थालिएका भ्रष्टाचारका बिषयहरु टुङगो पुग्छन भन्ने आम जनताको प्रश्न छ ।
किनकी यहाँ कुनै न कुनै राजनीतिक दलको कार्यकर्ता नजोडिएको या कुनै न कुनै राजनीतिक दलका नेता नजोडिएको पक्कै छैन् । मिलिभगतमा बनेको सरकार र सरकारलाई थाम्न चाहिने बल समेत तिनै दल र दलका नेताहरुबाट प्राप्त हुन्छ । यसर्थ केही शंका गर्ने ठाँउ छन् । तर भ्रष्टाचारको यदी जरो उखल्ने हो भने प्रहरी प्रशासन, गृहमन्त्रालय र अदालतमा बिना हस्तक्षेप काम गर्ने वातावरण बन्नु पर्दछ ।
अब प्रश्न उठ्छ के सुन काण्डमा सुनिएका नामहरु जस्तै पूर्वसभामुख कृष्णबहादुर महरा लगायत ज जसको नाम मुछिएको छ सुनिएको छ, ति व्यक्तिहरु अनुसन्धानको घेरामा आउँछन्, त्यसका लागि प्रहरी प्रशासन काम गर्न सक्षम छ ? या राजनीतिक दल तथा दलका नेताहरु साचिकै ति सुनिएका नामहरुलाई प्रहरीको अनुसन्धानमा ल्याउन काबिल छन् । यस्ता प्रश्नहरुको जवाफ केही दिनमा मिल्नेनै छ ।
भर्खरै
इजरायलमा शान्ति कायम गर्न विश्व समुदायलाई शक्ति मिलोस
गैरआवासीय नेपाली संघ पहुँचवालाको चँगुलमा डुब्दै
टीकापुर घटना क्रुर र विभत्स हत्या, मानव सभ्यता माथि नै प्रश्न
काठमाण्डौं नगरप्रमुखले जगाएको आशा र उनिप्रति जनताको भरोसा
सुन काण्डमा सुनिएका मान्छेहरु समातिन्छन्, त ?
हामी आयौँ
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं