काठमाण्डौं
अहिले देशैभरी आँखा पाक्ने रोगका कारण मानिसहरु ग्रसित छन् । यसैबीच उपचारका क्रममा १० जनाको नमूना परीक्षण गर्दा ‘इन्टेरो भाइरस’ संक्रमण पुष्टि भएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १० जना आँखा पाक्ने रोगको लक्षण भएका व्यक्तिबाट नमूना सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा यस्तो संक्रमण देखिएको हो । नमूना परीक्षण गर्दा आठ जनाको नमूनामा ‘इन्टेरो भाइरस’ देखिएको अस्पतालले जानकारी दिएको छ ।
अघिल्लो बर्ष काठमाडौं उपत्यकामा विद्यालय जाने धेरै बालबालिकामा रुघाखोकी र ज्वरो जस्ता लक्षण देखिएर अस्पताल भर्ना भएका मध्ये अधिकांशमा यही भाइरसको संक्रमण देखिएको थियो । चिकित्सकका अनुसार इन्टेरो भाइरसले रुघा, खोकी, ज्वरो, एलर्जी र शरीरका विभिन्न अङ्गमा संक्रमण गराउँछ ।
संक्रमणका बखत आँखा रातो हुने, चिलाउने, पोल्ने, पानी बग्ने, चिप्रा लाग्ने हुन्छ । कतिपय संक्रमितमा परेला सुन्निने, आँखा बिझाउने, उज्यालो हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुने लगायत समस्या पनि देखिएको छ । देशका केही भागमा आँखा पक्ने रोग देखिएका कारण बिद्यालय केही दिनका लागि छुट्टि दिईएको छ ।
भर्खरै
कोशी प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु
सुदूरपश्चिममा कोरोना भाइरस सङ्क्रमणदर उकालो लाग्दै
जनशक्ति नहुँदा सञ्चालनमा आएन गुल्मीको आइसियु
‘भारतको केरला राज्यमा कोभिडको नयाँ भेरिएन्ट : नयाँ भेरियन्टबाट डराउनुपर्दैन सरकार
‘सिकलसेल कुण्डली मिलाएरमात्र विवाह गर्नूस्’
बुस्टर डोजका लागि थप साढे तीन लाखभन्दा बढी खोप आयो
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं