अमेरिका
अनुमानित १.५८ बिलियन डलरको मेगा मिलियन्स ज्याकपट अमेरिकाको फ्लोरिडा राज्यका एक भाग्यशालीले जितेका छन् । ३२, १९, १३, ३३, २० नम्बर हुने बिजेताले उक्त रकम पाउने छन् । भने गोल्ड मेगाबल १४ रहेको छ । यति ठूलो रकम जित्ने टिकट ज्याक्सनभिल नजिकै उत्तरी फ्लोरिडाको नेप्च्युन बीचको सुपरमार्केटमा बेचिएको जनाइएको छ ।
मंगलबार खोलिएको मेगा मिलियन्स ज्याकपट इतिहासकै सबैभन्दा ठूलो रकमको थियो । करिव चार महिनादेखि मेगा मिलियन्स ज्याकपट कसैले पनि नजितेपछि रकम बढेर १.५८ बिलियन डलर पुगेको थियो ।
दोश्रो ठूलो मेगा मिलियन्स सन् २०१८ को अक्टोबर २३ मा खोलिएको थियो जुन १ दशमलव ५३ बिलियन डलरको थियो । उक्त मेगा मिलियन्स साउथ क्यारोलिनाका व्यक्तिले जितेका थिए ।
तेश्रो ठूलो मेगा मिलियन्स भने यसै बर्ष जनवरीको १३ मा खोलिएको थियो, जुन १ दशमलव ३४ बिलियनको थियो । गतबर्षको जुलाईमा १ दशमलव ३३ बिलियनको र सन् २०२१ को जनवरीमा १ बिलियनको मेगा मिलियन्स खोलिएको थियो ।
मेगा मिलियन चिठ्ठा अमेरिकाका ४४ वटा राज्यहरुमा खेल्न सकिन्छ । साथै वासिंटन डिसी र युएस भर्जिन आइल्याण्डमा पनि खेल्न सकिन्छ । मेगा मिलियन हरेक मंगलबार र शुक्रबार न्युयोर्क समय अनुसार राती ११ बजे खोलिन्छ । यसरी खेलिने टिकटको मूल्य २ डलर पर्दछ। खेल्ने व्यक्तिले १ देखि ७० भित्रका ५ वटा नम्बर र १ देखि २५ भित्रको एउटा नम्बर छनौट गर्नु पर्ने हुन्छ । या कम्पूटरले स्वत नम्बर छनौट गरेर दिन्छ, जसलाई क्विक पिक भनिन्छ ।
भर्खरै
जय नेपाल अन्तर्राष्ट्रिय फाउन्डेसन न्यु ह्याम्पसायर अध्यक्षमा पवन पौडेल
नेपाली नागरिकताको निरन्तरताको बिपक्षमा एनआरएनए अमेरिका अध्यक्ष बन्जाडे
नेपाली नागरिकताको निरन्तरता अभियानले विश्वभरबाट हस्ताक्षर संकलन गर्ने
जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न
महाधिवेशन प्रतिनिध र महासमिति सदस्य निलम्बन छिट्टै फुकुवा हुन्छ : जनसम्पर्क समिति बिभाग प्रमुख पौडेल
प्रवासी नेपालीहरुको नागरिकताको निरन्तरताका लागि संबिधान संशोधन पनि गर्न तयार छौं : एमाले उपमहासचिव ज्ञवाली
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं