एनआरएनएमा समन्वयकारी भूमिका निवार्ह गर्न सक्ने नेतृत्व, मैले नै दिन सक्छु : अध्यक्षका दावेदार श्रेष्ठ

एनआरएनएमा समन्वयकारी भूमिका निवार्ह गर्न सक्ने नेतृत्व, मैले नै दिन सक्छु : अध्यक्षका दावेदार श्रेष्ठ

Mahesh Shrestha

गैरआवासीय नेपाली संघ प्रवासमा रहेका नेपालीहरुको साझा संस्था हो । नेपाल सरकारबाट समेत मान्यता प्राप्त यो संस्था हाल सम्म एक मात्रै संस्था भएपनि सर्वोच्च अदालतको पछिल्लो फैसला अनुसार अब अर्को संस्था खोल्ने बाटो समेत खुलेको छ । ६० देखी ७० लाख नेपालीहरु रोजगारी, उच्च शिक्षा आर्जन लगायतका उदेश्यमा बिदेशमा रहेको तथ्याङक छ । हाल सम्म यो संस्था सबैको साझा संस्था मात्रै नभई नेपाली भाषा, सस्कृति तथा भेषभुषा नयाँ पिँढीलाई हस्तान्तरण गर्ने तथा सस्कृतिको संरक्षणमा पनि बिशेष पहल गर्दै आएको छ ।

नेपालको अर्थतन्त्र धान्नका लागि माथी उल्लेख भएको तथ्याङकले बिशेष टेवा पुराउँदै आएको सर्वविदितै छ । हाल सम्म गैरआवासीय नेपाली संघले लाखौंको संख्यामा बिदेशमा रहेका नेपालीहरुलाई एकत्रित गर्नका लागि पनि महत्वपूर्ण योग्दान पुराउँदै आएको छ । तर यस संस्थामा रहेको नेतृत्वले समयमै उचित कदम नचाल्दा दिनहुँ संस्थाले बदनामी खेप्दै आएको छ । यसो त कुनै पनि संघ सस्था आफैमा खराब हुँदैनन्, तर नेतृत्व खराब हुँदा सिंगो संस्था त्यो गल्तीको भागिदार बन्नुपर्ने हुन्छ । त्यही भोगाई खेपिरहेको छ, यतीबेला एनआरएनएले ।

पैसा भएकाहरु मात्रै नेतृत्वमा आए भन्ने आशयको जुन तपाईको प्रश्न छ, त्यसका लागि हामीले उम्मेदवारी शुल्क, निर्वाचन आचार संहिता र भोटिङ सिस्टमलाई समयानुकुल बनाउँदै लगेका छौं । पछिल्लो क्रममा अमेरिकामा पनि हेर्नु भयो भने फेसभेरिफिकेशन माध्यमबाट चुनाव सम्पन्न भएर नेतृत्व समेत आईसकेको अवस्था छ । अन्य देशमा पनि त्यही प्रकृयाबाट चुनाव भएको छ ।

गैरआवासीय नेपाली संघका राष्ट्रिय परिषदहरु यती बेला फुटेको अवस्थामा छन्, भने अर्को तर्फ यस संस्थाका पूर्वअध्यक्ष शेष घले समुहले अर्कै बाटो समातिसकेको छ । अब यि सबै समस्या समाधान होलान या यो संस्था सँधैका लागि फुटेर दुई चार गर्दै दर्जन संस्था बनलान त्यसका लागि केही समय पर्खनुपर्ने हुन्छ । यो अवस्था आउनुको एउटै कारण छ, त्यो हो नेतृत्व । अहिले यो संस्थाको अन्तराष्ट्रिय अध्यक्षमा तिन जना अध्यक्ष छन् । यति धेरै बिवादका बीच यो संस्थाले अबको बाटो कस्तो लेला भन्ने चासोको बिषय छ । यसो त यति बेला यस्तै बिवादको चौघेरामा भएकाले हुन सक्छ आम मान्छेलाई यो संस्थाको त्यत्ति मतलब चाहीँ छैन् ।

यस्तै परिवेशका बीच यो संस्थाको नेतृत्वमा पुग्नका लागि यति बेला उम्मेदवारी घोषणा गर्ने क्रमले तिव्रता पाएको छ । अध्यक्ष, उपाध्यक्ष, महासचिव लगायतका पदाधिकारीहरुमा केही उम्मेदवारी घोषणा भईसकेका छन्, भने केही हुने क्रममा छन् । यस्तै परिवेशका बीच न्यूजपाली डटकमका सम्पादक अनिल अधिकारीले अध्यक्षको उम्मेदवारी दावी गरिसकेका हालका उपाध्यक्ष महेश श्रेष्ठसँग कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको केही अंश ।

हालै सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ जस्तै अर्को संस्था खोल्नका लागि अनुमति दिएको छ, यसमा तपाईको धारणा के हो ?

मैले सर्वोच्च अदालतको पूर्णपाठ पढन पाएको छैन् । तर तपाईले सुने जस्तै मैले पनि समाचार पढेर थाहा पाएको हुँ । एनआरएनए जस्तै अर्को संस्था खोल्ने भन्ने होला तर एनआरएनए हुन सक्दैन् । यो संस्था आफैमा एक इतिहास बोकेको संस्था हो । हो हाम्रो बीचमा विवाद होलान तर हामीले समाधान खोजेर यो संस्थाको गरिमालाई अझै उचो बनाउनु छ ।

साथीहरुले जसरी अर्को संस्था खोल्ने भनेर लाग्नु भो त्यो पनि गैरआवासीय नेपाली संघकै बिधान टेकेरै वहाँहरुले यो गर्न खोज्नु भएको हो । संघको बिधानले २५ देशका ५० जनाले अर्को संस्था खोल्न पाउने भनेको छ । तर खोल्ने भनिए पनि परराष्ट्रले केही कार्यबिधि त बनाउँछ होला नि ? तर त्यो परराष्ट्रको तजबीजको कुरा भयो ।

यति धेरै बिवाद संघमा छन्, समाधानको के उपाए के देख्नु हुन्छ ?

मैले माथी पनि उल्लेख गरेँ, संघको ऐन र नियमावली दुवैले २५ देशका ५० जनाले संस्था खोल्न पाउने भनेको छ । संस्था खोल्नु मात्रै समाधान होईन्, त्यो संस्था कति जीवित छ, त्यसको जीवन कति लामो छ भन्ने कुराले अर्थ राख्दछ । यसर्थ हामी अब मिलेर जानुको अर्को विकल्प छैन् । नेतृत्वमा विवाद हो भने हामीले छलफल गरेर सहमति, सहकार्य र एकताबाट समस्या पहिल्याउनु पर्दछ । जब दुई बर्षअघि विवाद भयो त्यसले नै आजको अवस्था सृजना भएको हो । निवेदन दिन सक्ने छ भन्ने कुरा अहिल्यै सबै भयो नभनौं त्यसको कार्यबिधि र बाकी बिषय अध्ययन गरौं अनि त्यो बिषयमा बोलौंला ।

तपाईले भन्नु भए जस्तो अब विवाद कसरी समाधान होला भन्दा, मलाई के लाग्छ भने अब आउने नयाँ नेतृत्व जसले संघ भित्र भएका विवादको समाधान खोज्नेछ । जसका लागि मैले आफुलाई सक्षम दावी गरेको छु । हाम्रा बीचमा मतभेद होलान तर त्यसको समाधान पनि छ । जसका लागि मैले पहल कदमी लिन सक्छु । त्यसैका लागि मैले अध्यक्षमा उम्मेवदारी दिने निर्णय गरिसकेको कुरा तपाईहरुलाई अवगतनै छ । विवाद नेतृत्वकै कारण भएको हो भने अब म अध्यक्ष भएर आउने नेतृत्वले त्यस्ता समस्यालाई समाधान गर्दछ ।

तपाई हेर्नु हुन्छ भने यस्तो नेपालका राजनीतिक दल तथा बिभिन्न संघ संस्थाहरुमा पनि यस्तै नेतृत्व विवाद देखिएको छ । हामीले नेतृत्वमा समस्या देखियो भन्दैमा संस्थालाई गलत भन्न मिल्दैन् । एनआरएनलाई नै बलियो बनाएर जानु पर्ने अहिलेको अवस्था हो । सबैलाई मिलाएर लिएर जान सक्ने समिति मेरो नेतृत्वमा आउँदैछ ।

प्रवासमा रहेका नेपालीहरुको साझा संस्था हो भनिएको छ तर साझा नभई पैसा भएकाहरुको मात्रै संस्था भयो भन्छन्, नि ?

तपाईले एकदमै सान्र्दभिक प्रश्न गर्नु भयो । हुनुपर्ने यो बिदेशमा रहेका सबै नेपालीहरुको संस्था हुनुपर्ने हो । तर हाल सम्मका गतिविधिले त्यस्तो नदेखिए पनि हामीले यस भित्र रहेका धेरै विवादहरुलाई समाधान गरिसकेका छौं । पैसा भएकाहरु मात्रै नेतृत्वमा आए भन्ने आशयको जुन तपाईको प्रश्न छ, त्यसका लागि हामीले उम्मेदवारी शुल्क, निर्वाचन आचार संहिता र भोटिङ सिस्टमलाई समयानुकुल बनाउँदै लगेका छौं । पछिल्लो क्रममा तपाई बस्ने देश अमेरिकामा पनि हेर्नु भयो भने फेसभेरिफिकेशन माध्यमबाट चुनाव सम्पन्न भएर नेतृत्व समेत आईसकेको अवस्था छ । अन्य देशमा पनि त्यही प्रकृयाबाट चुनाव भएको छ ।

सदस्य बनाउने र निर्वाचन प्रकृयालाई पनि सहज बनाउने प्रकृयामा हामीले काम गरिरहेका छौै । आन्तरिक रुपमा संस्थाले काम गरिरहेको छ । पैसाको प्रलोभन देखाउने जस्ता कुरालाई आचारसंहिता बनाउनु पर्ने अवस्था पनि छ । त्यसका लागि पनि हामीले काम गरिरहेका छौं । उम्मेदवारी दर्ता प्रकृयामा सस्तो र अनलाइनबाट भोट गर्न पाउने व्यवस्था गरेपछि अहिले भनिए जस्तो अवस्था आउँदैन भन्नेमा म ढुक्क छु । यस्तै परिस्थितिको निमार्ण गर्नका लागि म नेतृत्वमा आउन खोजेको हुँ ।

माथीका कुरा भए संस्थाका अब भन्नुस मातृभूमी नेपालको समृद्धिका लागि तपाई नेतृत्वमा पुग्न भयो भने के गर्नु हुन्छ ?

६० ७० लाख नेपाली बिदेशमा रहेको कुरा तपाईले पनि उल्लेख गर्नुभयो । बार्षिक आम्दानी ठूलो भएका मात्रै होईन सानो सानो पुँजी लगानी गर्ने इच्छा भएका सबै नेपालीहरुलाई समावेश गराएर देशको समृद्धिमा हातेमालो गर्ने गरी हामीले योजना बनाएका छौं । हामी बिदेशमा रहेका नेपालीहरु देशका लागि ठूलो खजाना हौं । नेपालको समृद्धि बिदेशमा बस्ने नेपालीहरुबाट पनि सम्भव छ भन्ने भाव नेपाल सरकारले मनन गर्न जरुरी छ ।

यतिधेरै जनशक्तिलाई सरकारले उपयोग गर्नु पर्छ । आफ्ना नागरिकलाई विश्वास गर्नु पर्दछ । अहिले अविश्वासको वातावरण्ण सृजना भयो । नेपाल सरकार र नीजि क्षेत्र र बिदेशमा रहेका नेपालीहरु मिल्ने हो भने सोचिएको भन्दा धेरै ठूला राष्ट्रिय परियोजनाहरु हामीले सम्पन्न गर्न सक्दछौं । एउटै व्यक्ति या समुहले गर्ने कुरा फरक हो । तर मैले भने जस्तै साना साना पुँजीहरुलाई कसरी परिचालन गर्ने भन्ने तर्फ हामीले सोच्न जरुरी छ ।

उदाहरणका लागि हामीले १० अर्बको फण्डलाई लिन सक्दछौं । यदी प्रवासमा रहेका सबै नेपालीलाई जोड्न सक्ने हो भने हामीले ठूलो फण्ड बनाएर काम गर्न सक्छौं । त्यसका लागि नीजि क्षेत्र, सरकार र हामी मिल्नु पर्दछ । अनि हामीले सम्पन्न गर्ने परियोजना भनेका जनताको समृद्धि र रोजगारीका लागि मात्रै हुन्छन् । हामी नाफा कमाउने भन्ने हेतुले होईन नागरिकको जीवनस्तर सुधारका लागि काम गर्नुपर्ने अहिलेको अवस्था हो ।

सरकारसँग तपाईहरुको अपेक्षा के हो ?

हामीले संस्थाको परिकल्पना गर्दा एक पटकको नेपाली सँधैको नेपाली भने जस्तै हाम्रो सरकारसँग माग भनेको नागरिकताको निरन्रतानै अन्तिम लडाई हो । पछिल्लो क्रममा जे जे उपलब्धी प्राप्त भए त्यो एक चरणमा स्विकार गर्नुको विकल्प हामीसँग छैन् । तर नेपाल सरकारले के बुझ्न जरुरी छ भने अहिले बिभिन्न देशमा सक्षम व्यक्तिहरुलाई पिआरको लोभमा तानिरहेको परिपेक्ष छ । तर हाम्रा सबल, सक्षम अनि आफ्नै नागरिकलाई नागरिकता दिन सरकारले आनाकानी किन गरिरहेको छ त्यो मैले बुझ्न सकिरहेको छैन् । यसो हेर्नु हुन्छ भने बिदेशीहरु अंगिकृत नागरिकता लिएर आउने तर आफ्नै नागरिकलाई दोहोरो नागरिकता दिनका लागि किन यति धेरै आशंका । दक्षता र क्षमता भएकाहरु आउँछु भन्नु आफैमा सकारात्मक कुरा हो ।

यदी प्रवासमा रहेका सबै नेपालीलाई जोड्न सक्ने हो भने हामीले ठूलो फण्ड बनाएर काम गर्न सक्छौं । त्यसका लागि नीजि क्षेत्र, सरकार र हामी मिल्नु पर्दछ । अनि हामीले सम्पन्न गर्ने परियोजना भनेका जनताको समृद्धि र रोजगारीका लागि मात्रै हुन्छन् । हामी नाफा कमाउने भन्ने हेतुले होईन नागरिकको जीवनस्तर सुधारका लागि काम गर्नुपर्ने अहिलेको अवस्था हो ।

अध्यक्षको उम्मेदवारी दिने कुरा तपाईले माथीका प्रश्नमा उल्लेख गरिसक्नु भयो, नेतृत्वमा आउनु भयो भने के के गर्ने योजना बनाउनु भएको छ ?

म कोषाध्यक्ष भएर काम गरेको मान्छे हो । संरचनागत परिर्वतनका लागि काम गरेको मान्छे हो । संस्थालाई सिस्टममा ढाल्ने काम गरिरहेको छु । नेतृत्व भनेकै त्यही हो । आर्थिक पाटोमा मैले आर्थिक पारदर्शिता कामय गराए । बजेट बनाएर काम गर्ने, आर्थिक अनुसान कायम गर्ने । निश्चित नियममा रहेर काम गर्ने नियमावली पनि मैले नै बनाए । म उपाध्यक्ष भैसकेपछि फेसभेरिफिकेशनबाट चुनाव गर्नुपर्छ भन्ने मान्छे म नै हो । यसलाई अझै समयानुकुल बनाउनका लागि म काम गर्नेछु । माथी उल्लेख गरे जस्तै यो निर्वाचन प्रणालीलाई पनि सुधार गर्नुपर्नेछ । त्यसका लागि मैले काम गर्नेछु, तपाईले भने जस्तै सबैको साझा संस्था बनाउनका लागि संस्थामा रहेका समस्यालाई सुधार गर्दै जाने प्रतिवद्धता म तपाईको संचार माध्यमबाट उदघोष गर्न चाहन्छु ।

माथी उठेका हरेक कुराहरुलाई सुधार गर्दै मैले सन्, २०२३ २०२५ को कार्यसमिति ५ प्रतिवद्धता र २५ प्रोजेक्टका साथ चुनावी मैदानमा म आउँदै छु केही दिनमा मेरा धारणा र प्रतिवद्धता तपाईहरु सहित सम्पूर्ण एनआरएनएका अभियान्ताहरुले थाहा पाउनु हुनेछ समग्रमा भनौं गैरआवासीय नेपालीहरुले आर्जन गरेको ज्ञान, सिप र क्षमतालाई मातृभूमीको समृद्धिमा प्रयोग गर्ने अनि प्रवासमा रहेका नेपालीहरुले अपनत्व महशुस गर्ने संस्था म बनाउनेछु ।

अहिले समन्वयकारी भूमिका निवार्ह गर्न सक्ने नेतृत्वको खाँचो गैरआवासी नेपाली संघमा छ त्यो सबै पक्षलाई समेटेर जाने व्यक्ती मै हुँ । बलियो दावेदारीका साथ नेतृत्वका लागि प्रस्तुत हुनेछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
07 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 07 Sep 2024 00:20 UTC
Latest change: 06 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
134.32
Indian Rupee 
Indian Rupee
83.91
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.48
Japanese Yen 
Japanese Yen
143.05
US Dollar 
US Dollar
1
07 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 07 Sep 2024 00:20 UTC
Latest change: 06 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀