‘बालुवाटार बैठकले सबै ठीकठाक छ भनेर हुँदैन, हामीलाई छट्पटाहट छ’ : गगन थापा

‘बालुवाटार बैठकले सबै ठीकठाक छ भनेर हुँदैन, हामीलाई छट्पटाहट छ’ : गगन थापा

Gagan Thapa

काठमाडौं । नेपाली कांग्रेसमा महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गरेको कामप्रति सन्तुष्ट हुन नसकेको बताएका छन् । यद्यपि, सरकारले अघि सारेको भ्रष्टाचारको अभियानमा साथ रहेको उनको भनाइ छ ।

‘दृश्यमा खप्तड’ सार्वजनिक समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले जनतालाई सन्तुष्ट हुने काम गर्न सरकारलाई आग्रह गरे ।

उनको भनाइ जस्ताको तस्तै

अहिले प्रधानमन्त्रीको नेतृत्वमा सुशासनको लागि भ्रष्टाचारसँग जोडिएका कतिपय ठूला काण्डहरुमा एकपछि अर्को गर्दै महत्वपूर्ण निर्णयहरु हुँदै गइरहेका छन् । त्यसमा हाम्रो शत प्रतिशत समर्थन छ । यो विषय त्यहाँमात्रै नअड्कियोस् । तर, अहिले सत्तापक्षका अधिकांश सांसदहरुमा आक्रोश छ । सरकारले भ्रष्टाचारविरोधी काम गरेको कुरामा समर्थन छ ।

तर, डेलिभरको सन्दर्भमा अहिले जुन खालको अर्थतन्त्र छ । यो आर्थिक संकटको बेलामा सरकारले जसरी काम गरोस् भन्ने थियो आम नागरिकहरुको दुःखमा थोरै भए पनि ढाडस दिओस् भन्ने सन्दर्भमा भइरहेको छैन । हामी नागरिकको प्रतिनिधि भएकाले त्यो छट्पटाहट हुन्छ । त्यो आक्रोश हामीमा पनि हुन्छ ।

सरकार सञ्चालन गर्नेहरुले मैले संसदमा पनि भनेको थिएँ । तपाईंहरुले टाउको गनेर मसँग टन्न सांसदहरु छन् । कम्फर्टेबल छु भनेर गठबन्धनका ठूल्ठूला नेताहरु बालुवाटारमा बैठक बस्ने त्यो बैठकमा सब ठीक छ, सब ठीक छ भनेर बस्नुभयो भने कुनै बेला ठीकठाक नहुन पनि सक्छ । त्यो ठीकठाक हामीलाई पनि लाग्नुपर्छ । नागरिकलाई ठीकठाक लागेको बेलामा मात्रै हामीलाई ठीकठाक लाग्छ ।

तर, हामीलाई प्रतिनिधि मानिरहेका जनताले त्यो मानिरहेका छैनन् । त्यसकारण हामीलाई छट्पटाहट छ । हामी काम चाहन्छौं, त्यसतर्फ प्रधानमन्त्रीसहित सरकारमा रहेकाहरुको ध्यान जाओस् । हामी ठीक कामलाई ठीक भन्छौं । नपुगेको कुरामा हामी प्रश्न उठाउँछौं ।

‘प्रधानमन्त्रीको अभिव्यक्तिले सबैलाई अप्ठ्यारो महसुस भएको छ’ 

महामन्त्री थापाले संसद् अवरुद्ध भएकोबारे प्रधानमन्त्रीले संसद्‍मा आफ्नो धारणा राखेपछि स्पष्ट हुने बताए । पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको जिल्ला सभापतिहरूको भेलापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिले सबैलाई अप्ठ्यारो महसुस गरेको बताए ।

प्रचण्डले पुस्तक विमोचनका क्रममा बोलेको कुरा प्रधानमन्त्रीको हैसियतले बोल्नु नहुने र शोभनीय नभएको पनि बताए । उनले प्रधानमन्त्री स्वयंले यस विषयमा संसद्‍मा स्पष्टीकरण दिएपछि अन्योलता हट्ने विश्वास गरे । महामन्त्री थापाले बैठकमा जिल्ला सभापतिहरूले आगामी केन्द्रीय समितिले सबै समस्यालाई हल गरेर लैजान सुझाव दिएको जानकारी दिए ।

बैठकमा जिल्ला सभापतिहरूले नेपाली कांग्रेसका नेतृत्वमा रहेका सबै तहका सरकारको प्रस्तुति र प्रगतिको समीक्षा गर्दै बढी भन्दा बढी काम गरेर परिणाम निकाल्ने गरी सरकार सञ्चालन गर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

जनताप्रतिको जिम्मेवारी भुलेको छैनः प्रधानमन्त्री
उपनिर्वाचनका उम्मेदवारलाई चुनाव चिह्न प्रदान

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
19 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 19 Sep 2024 00:05 UTC
Latest change: 18 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
134.01
Indian Rupee 
Indian Rupee
83.71
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.47
Japanese Yen 
Japanese Yen
141.66
US Dollar 
US Dollar
1
19 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 19 Sep 2024 00:05 UTC
Latest change: 18 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀