पोखरा, १४ असार । रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेवान) पोखरा २५ औं सडक महोत्सवको तयारीमा जुटेको छ ।
अंग्रेजी नयाँ वर्षका अवसरमा सञ्चालन हुने महोत्सवको यो संस्करणका लागि रेवानले संस्थाका प्रथम उपाध्यक्ष विश्वराज पौडेललाई संयोजकमा चयन गरेको छ । त्यसैगरी सह–संयोजकमा सह–कोषाध्यक्ष वैभव पौडेललाई चयन गरिएको छ ।
रेवान पोखराका अध्यक्ष नरेश भट्टराई अध्यक्षतामा बसेको कार्यसमिति तथा सल्लाहकार सहितको वैठकले पौडेलद्वयलाई संयोजक र सह–संयोजकमा चयन गरेको हो । ‘सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने मुल नारा सहित आउँदो पुष १३ देखि महोत्सव लेकसाइडको झण्डै ४ किलोमिटर क्षेत्रमा सञ्चानल हुनेछ ।
यसपटक नारा अनुसार अधिकांस कार्यक्रम सडक लक्षित हुने संयोजक पौडेलले बताउनुभयो । रजत महोत्सव समेत भएकाले पहिलाको भन्दा केहि पृथक हुने उहाँको भनाई छ । यसपटक गण्कडी प्रदेशका जिल्लाहरुलाई प्राथमिकतामा राख्दै ११ जिल्लाकै साँस्कृतिक समूह सडकमा उतार्ने उहाँले जनाउनुभयो ।
पोखराको पर्यटकीय गतिविधि चलायमान बनाउन, धेरैभन्दा धेरै स्वदेशी तथा विदेशी पाहुना पोखरा भित्र्याउन यो महोत्सव सफल रहेको सह–संयोजक वैभवको भनाइ छ ।
विगत वर्षहरुमा झै यस वर्ष पनि साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रर्दशन सँगै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गित प्रतियोगिता, झाँक्री प्रदर्शन, रात्रीकालिन कन्सर्ट, बोट रेस, खुल्ला भेट्रान टेनिस प्रतियोगिता, वेटर रेस, टग अफ वार तथा पोखराका प्रमुख गन्तब्य सहितको डकुमेन्टी प्रदर्शन गरिने पौडेलले बताउनुभयो ।
भर्खरै
विमान दुर्घटनाका साक्षी भन्छन्, कान्लामा नठोक्किएको भए जहाज सिधै बस्तीमा पस्ने थियो
बजेटबारे सांसदको चर्को असन्तुष्टि
गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे दोस्रो पटक नियुक्त
पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षाको सुनिश्चितता
कोशी प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु
शक्ति राष्ट्रबीचको टकराव साना मुलुकको चुनौती : प्रधानसेनापति शर्मा
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं